Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

फोजिन झापाको अध्यक्षमा खम्बूको तयारी

हाम्रो कोशी आवाज
मंसिर २४ २०७८, शुक्रबार
फोजिन झापाको अध्यक्षमा खम्बूको तयारी

बिर्तामोडः नेपाल आदिवासी जनजाति पत्रकार महासंघ झापाको अध्यक्षमा पत्रकार अमित खम्बूले उम्मेद्वारी दिने भएका छन् ।
मंसीर २५ गते हुने फोनिज झापाको छैठौं अधिवेशनमा अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी रहने पत्रकार खम्बूले बताएका छन् ।
लामो समयसम्म विभिन्न सञ्चार माध्यममा काम गरिसकेका खम्बूले फोजिन झापालाई थप चलायमान बनाउदै लैजाने बताएका छन् । फोनिज झापाको हालसम्म आफ्नो छुट्टै भवन नभएको र जमिनको समेत व्यवस्था नभएकाले आफू अध्यक्षमा निर्वाचित भएलगत्तै भवन निर्माणका लागि जमिन व्यस्थापन गर्ने सहितका महत्वपूर्ण सातवटा कार्ययोजना अघि सारेका छन् ।
फोनिज झापाले स्थापना गरेको डिकमान सुनुवार विरही स्मृति वर्ष उत्कष्ट पुरस्कार र उदयमान पत्रकारिता पुरस्कारको अक्षयकोषको रकम बृद्धि गर्दै दुवै पुरस्कारलाई थप व्यवस्थित बनाउने कार्ययोजना अघि सारेका छन् ।
फोनिजमा आवद्ध पत्रकार सदस्यको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य उपचार कोष स्थापना गर्ने उनको अर्काे महत्वपूर्ण कार्ययोजना गहेको छ । यो संगै सदस्यहरुको क्षमता अभिवृद्धका लागि विषयगत तालिम सञ्चालन गर्दै लाने र खोजमुलक समाचार लेखनमा प्राथमिकता दिने उनको घोषणा पत्रमा उल्लेख छ ।
पत्रकार जन्य संघ संगठनहरुसंग सहकार्य गर्दै फोनिजका हरेक गतिविधिलाई चलायमान बनाउने र सदस्यत विस्तारलाई समेत अघि बढाउने उनको घोषणा पत्रमा उल्लेख छ ।
फोनिजमा आवद्ध पत्रकार सदस्यहरुलाई ठूला तथा राष्ट्रिय स्तरका सञ्चार गृहमा आवद्ध गरउन पहल गर्ने र उनीहरुको नेतृत्व विकासका लागि सबैखाले भूमिका निर्वाह गर्ने योजना अघि सारेका छन् ।

प्रकाशित मिति: मंसिर २४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend