Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

युएन, नवोदयका कक्षा-११ र बिबिएसका विद्यार्थीलाई स्वागत (२९ तस्वीर र भिडियो)

हाम्रो कोशी आवाज
मंसिर २५ २०७८, शनिबार
युएन, नवोदयका कक्षा-११ र बिबिएसका विद्यार्थीलाई स्वागत (२९ तस्वीर र भिडियो)

धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजले कक्षा-११ र बिबिएस पहिलो वर्षका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ ।
यस्तै, विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई सम्मान पनि गरेको छ । शनिबार कलेज प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी स्वागत र सम्मान गरिएको हो ।
कलेजका अध्यक्ष ज्ञानेश्वर झाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि ब्लाष्ट टाइम्स दैनिकका प्रधान सम्पादक राजकुमार कार्की, युएन कलेजका प्रमुख एवम् नवोदय प्लस टु का प्रिन्सिपल डम्बरकुमार तुम्बापो, होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, नवोदय विद्या मन्दिर बोर्डिङ स्कुलका भाइस प्रिन्सिपल विद्याभुषण गुप्ता, प्लस टु कोअर्डिनेटर आकाश अधिकारीलगायतले विद्यार्थीहरुलाई खदा र अविर लगाएर स्वागत गरेका थिए ।
त्यस्तै, विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई कलेजले सम्मान गरेको छ । सम्मानित हुनेहरुमा वर्षको उत्कृष्ट विद्यार्थी लिसु लिम्बू, पूर्व विद्यार्थीहरु कञ्चन सुवेदी, फुर्वा शेर्पा, पूर्व विद्यार्थी बविता चौधरी, सिर्जना गिरी, आन्तरिक राजश्व कार्यालय धरानद्वारा केही दिनअघि आयोजित वक्तृत्वकला प्रतियोगितामा पहिलो र दोस्रो हुने कक्षा–११ का छात्र दीपेन भण्डारी र कक्षा–१२ का अप्सरा खत्री रहेका छन् ।
कार्यक्रममा अध्यापकहरु विजय आछामी, नाम्लिङ्हाङ चेम्जोङ, सुमन बाँस्कोटा, नुर खान, विष्णु दाहाल, दिब्या झा, सिर्जना लिम्बू, बन्दना श्रेष्ठ, प्रोमोटर जगत नेम्वाङ, कृष्णमोहन झा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले आकर्षक नृत्य पस्किनुका साथै गीत गाएर पनि सुनाएका थिए । युएन, नवोदय कलेज धरानको मात्र नभएर नेपालकै उदाहरणीय कलेज भएको कार्यक्रमका प्रमुख अतिथि कार्कीले बताए । कलेजका अध्यक्ष ज्ञानेश्वर झाले गुणस्तरीय शिक्षा, संस्कार र अनुशासनकै कारण कलेजले सफलता पाएको बताए ।
विद्यार्थीहरुको अथक मेहनत, अध्यापक, कर्मचारी लगायतको निरन्तरको परिश्रमका कारण युएन, नवोदय कलेज प्रदेश नम्बर १ मै विद्यार्थीको रोजाइमा परेको क्याम्पस प्रमुख तुम्बापोले बताए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: मंसिर २५ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend