Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा जो जहाँ पढे अनि जागिर खाएपछि सम्मान

हाम्रो कोशी आवाज
मंसिर २५ २०७८, शनिबार
धरानमा जो जहाँ पढे अनि जागिर खाएपछि सम्मान

धरानः कुनैपनि विद्यार्थी स्कुल वा कलेजमा पढेपछि आफ्नो भविष्य बनाउन लागिपरेका हुन्छन् । भविष्य बनाउन कोही कहाँ पुग्छन्, कोही कहाँ । तर प्रगति गरेपछि स्कुल, कलेजलाई सम्झिरहन्छन्, स्कुल, कलेजले पनि सम्झिरहेको नै रहेको हुन्छ तर सम्मान गर्ने र सम्मान पाउने अवसर विरलै पाइरहेको हुन्छ ।
शनिबार यस्तै अवसर मिल्यो । शनिबार धरानमा आफू पढेकै कलेजमा भव्य कार्यक्रमका बीच सम्मान पाउँदा चारजना औधी खुशी बने । उनीहरुले प्रगति गरेपछि कलेजले कलेज प्राङ्गणमै निम्तो दिएर सम्मान गरेको हो ।
१० वर्षअघि स्थापना भएको धरान–१६ स्थित युएन, नवोदय कलेजमा अध्ययन सकेर जागिर समेत खाँदै गरेकाहरु सम्मानित भएका हुन् । कलेजले पनि सम्मान गर्ने अवसर पाएको छ भने पूर्व विद्यार्थीले पनि सम्मानित हुने संयोग जुरेको छ । अझ रोचक त के छ भने सम्मानित हुनेमध्ये दुईजनाचाहिँ सोही कलेजका अध्यापिका । उनीहरु सोही कलेजमा ‘कलेज लेवल’ का विद्यार्थीलाई पढाउँछन् ।
कलेजमा लेखा विषय अध्यापनरत् अध्यापक सिर्जना गिरी र कञ्चन सुवेदी साथै अन्य क्षेत्रमा कार्यरत् पूर्व विद्यार्थीलाई कलेजले सम्मान गरेको हो । उनीहरुसँगै धरानस्थित गरिमा विकास बैंकमा कार्यरत् फुर्वा शेर्पा, मितेरी डेभलपमेन्ट बैंक लिमिटेडमा कार्यरत् बबिता चौधरीलाई सम्मान गरिएको थियो । यस्तै, मितेरी डेभलपमेन्ट बैंकको पानबारी शाखामा कार्यरत् मनिषा चौधरी, गोठगाउँ शाखामा कार्यरत अस्मिता घिमिरे, बैंकर सुगम शाक्य भने कार्यव्यस्तताले कार्यक्रममा उपस्थित हुन सकेनन् ।
उनीहरुले प्लस टु को होटल म्यानेजमेण्ट, म्यानेजमेण्टदेखि बिबिएसम्म सोही कलेजमा अध्ययन गरेका थिए । उनीहरुले कलेजमा पढ्दा पनि उत्कृष्ट अङ्क ल्याएर नेपाल प्रथमदेखि प्रदेश प्रथमसमेत बन्न सफल भएका थिए । उनीहरुमध्ये कञ्चन देशभरका विद्यार्थीमध्ये ‘सेकेण्ड टपर’ र प्रदेश १ ‘टपर’ समेत बन्न सफल भएको कलेजका अध्यक्ष ज्ञानेश्वर झाले जानकारी दिए ।
उनले त्रिभुवन विश्व विद्यालयले लिएको बिबिएस प्रथम वर्षको परीक्षा ७३ प्रतिशत र बिबिएस तेस्रो वर्षमा ७८ प्रतिशत अङ्क हासिल गरी पूर्वाञ्चल प्रथम हुन सफल भएको उनले जानकारी दिए । उनले म्यानेजमेन्टतर्फको २०७१ सालको वार्षिक परीक्षामा ८१.६ प्रतिशत अङ्क हांसिल गरी पूर्वाञ्चल प्रथम बन्न सफल भएको उनी बताउँछन् ।
यस्तै, फुर्वाले बिबिएस चौथो वर्षमा ७८ प्रतिशत र छात्रा अस्मिता घिमिरेले ७६ प्रतिशत अङ्क हासिल गरी पूर्वाञ्चल प्रथम र द्वितीय हुन सफल भएका थिए । यस्तै, अन्य विद्यार्थीले पनि प्रदेश १ टपसम्मको नतिजा ल्याउन सफल बनेका थिए ।
यस्तै, यसअघिका विद्यार्थी आकाश तामाङ पूर्वाञ्चल प्रथम बन्दै ७६.८ प्रतिशत, सजना राई पूर्वाञ्चल द्वितीय बन्दै ७५.६ प्रतिशत र उत्सव ढकाल पूर्वाञ्चल तृतीय बन्दै ७५ प्रतिशत अङ्क हासिल गरिसकेका छन् ।
यस्तै, शनिबार नै होटल म्यानेजमेण्टमा ‘ए’ प्लस ग्रेड ल्याएर उत्तीर्ण हुन सफल छात्रा निशु लिम्बूलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले आफ्नै ‘प्रोडक्ट’ विद्यार्थीले गरेको प्रगतिमा गर्व महसुस भएको बताए । ‘मलाई गर्व लागेको छ, खुशी लागेको छ’, कार्यक्रममा बोल्दै उनले भने, ‘शिक्षकको सबैभन्दा ठूलो सम्पत्ति विद्यार्थीले गरेको उन्नति, प्रगतिमा रमाउनु हो, हामी रमाउन पाइरहेका छौं, यसैले पनि हामी गौरवान्वित छौं ।’
विद्यार्थीहरुको अथक मेहनत, अध्यापक, कर्मचारी लगायतको निरन्तरको परिश्रमका कारण युएन, नवोदय कलेज प्रदेश नम्बर १ मै विद्यार्थीको रोजाइमा परेको क्याम्पस प्रमुख तुम्बापोले बताए ।
उनले कलेजले प्रगति गर्नुमा अथक प्रयासको उपज भएको पनि बताए । ‘यी उल्लेखित उपलब्धिहरु कलेजको उत्कृष्ट व्यवस्थापन, शिक्षण प्रणाली, कलेजमा विद्यार्थीको लागि सहज वातावरण र विद्यार्थीहरुको अथक लगनशीलता, मेहनत र प्रयासका उपज हुन् भन्ने कुरालाई नकार्न सकिँदैन ।’ क्याम्पस प्रमुख तुम्बापोले भने ।
उनले अनुभवी प्राध्यापक, उत्कृष्ट व्यवस्थापन, सम्पूर्ण शैक्षिक पूर्वाधार नै नवोदय, युएन कलेजको पहिचान भएको समेत धारणा राखे । कलेजले प्रतिभावान, दक्ष अनुशासित विद्यार्थीहरुका लागि विशेष छात्रवृत्तिको व्यवस्था गरेको पनि उनले कार्यक्रममा जानकारी गराए ।
कार्यक्रमका प्रमुख अतिथि ब्लाष्ट टाइम्स कार्कीले पनि यो कलेज प्रदेश १ मा मात्रै नभएर देशमै उदाहरणीय कलेज बनेकोमा खुशी लागेको धारणा राखे ।
युएन, नवोदयमा होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट, बिएचएम र बिबिएस अध्ययन अध्यापन हुने गरेको छ ।
तस्वीरः हाम्रो कोशी आवाज

प्रकाशित मिति: मंसिर २५ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend