धरानः बैकिङ कसुर मुद्दामा फरार रहेकी महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
धरान–७ की ५० सुनिला याक्खालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, आरआइटीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत नविनराज राईले जानकारी दिए ।
बैकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगरको मिति २०७८ वैशाख १६ गतेको फैसला आदेशले १ वर्ष ६ महिना कैद र नगद रु. ५ लाख ८ हजार ३ सय ३८ रुपैयाँ ३३ पैसा जरिवाना भएतापनि हालसम्म फरार रहेकी याक्खालाई पक्राउ गरी आइतबार सुनसरी जिल्ला अदालतमा दाखिला गराई कारागार चलान गरिएको उनले जानकारी दिए ।