Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको विष्णु स्कुलका आशिष कार्की बने नेपाल प्रथम

हाम्रो कोशी आवाज
मंसिर २६ २०७८, आइतबार
धरानको विष्णु स्कुलका आशिष कार्की बने नेपाल प्रथम

धरानः धरान-९ स्थित विष्णु मेमोरियल सेकेण्डरी स्कुलमा अध्ययन गरेका छात्र आशिष कार्की नेपाल प्रथम बन्न सफल भएका छन् ।
कार्कीले काठमाडौं विश्वविद्यालय (स्कुल अफ साइन्स एण्ड स्कुल अफ इन्जिनियरिङ) द्वारा सञ्चालित ब्याचलर्स अफ इन्जिनियरिङको प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याएर नेपालभरीका परीक्षार्थीलाई पछि पारेको कक्षा-११ र १२ का कोअर्डिनेटर नविन शाक्यले जानकारी दिए । उनका अनुसार छात्र कार्कीले १५४० प्राप्ताङ्कका साथ नेपाल प्रथम बनेका हुन् ।
यस्तै, गत मङ्सिर १७ गते आएको कक्षा-१२ को नतिजामा शत प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएको प्रिन्सिपल वेनिन्द्र कटुवालले जानकारी दिए । उनका अनुसार २१ जना ‘ए’ प्लस, ११२ जना ‘ए’, ३४ जना ‘बि’ र १ जना विद्यार्थी ‘सी’ प्लस ग्रेड ल्याएर उत्तीर्ण भएका छन् । उनले कक्षा–१२ मा १६८ परीक्षार्थी सहभागी थिए । उनका अनुसार यो नतिजा धरानलगायत सुनसरी जिल्लामै राम्रो हो ।
यसअघि पनि एसईई र कक्षा-११ र १२ का विद्यार्थीले उत्कृष्ट नतिजा निकाल्दै आएको उनले जानकारी दिए । धरानमा नाम चलेको र देशभरीका स्कुलमध्ये टप २० सम्ममा पर्न सफल विष्णुले यसअघि पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै अभिभावक, विद्यार्थीको मन जित्दै आएको छ । हिमाल खबर पत्रिकाले गरेको सर्वेक्षणमा देशभरका स्कुलमध्ये विष्णु टप २० सम्ममा पर्दै आएको छ । ‘यी सबै उत्कृष्ट नतिजाको श्रेय मेहनती शिक्षक, अभिभावकहरुमा जान्छ’, प्रिन्सिपल कटुवालले भने ।

प्रकाशित मिति: मंसिर २६ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend