Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बहुभाषिक कविता गोष्ठी हुने

हाम्रो कोशी आवाज
मंसिर २८ २०७८, मंगलबार
धरानमा बहुभाषिक कविता गोष्ठी हुने

धरानः धरानमा बहुभाषिक कविता गोष्ठी हुने भएको छ ।
धरान उपमहानगरपालिकास्थित विभिन्न आदिवासी जनजातिका मातृभाषाहरुको संरक्षण, सम्वद्र्धन तथा मातृभाषामा साहित्यिक लेखनलाई प्रोत्साहन गर्ने उद्देश्यअनुरुप यस्तो गोष्ठी हुन लागेको हो ।
धरान प्रज्ञा प्रतिष्ठानले यस्तो गोष्ठी गर्न लागेको प्रतिष्ठानका गोपाल देवानले जानकारी दिए । यही पौष ८ गते धरान प्रज्ञा प्रतिष्ठानको सभाहल धरान सभागृहमा यस्तो गोष्ठी हुन लागेको हो ।
बहुभाषिक कविता गोष्ठीमा सक्रिय सहभागिताका लागि सबै जातीय तथा भाषिक समुदाय एवम् सम्बन्धित जाति–भाषाका कविहरुलाई अनुरोध गरिसकिएको उनले जानकारी दिए ।
कविता गोष्ठी खुल्ला रहने र कुनै पनि जाति तथा भाषिक समुदायका कविहरुले व्यक्तिगतरुपमा गोष्ठीमा भाग लिन पाउने आयोजकले जनाएको छ । सहभागी कविले आफ्नो मातृभाषासँगै खस नेपाली भाषामा पनि आफ्नो कविताको प्रति प्रस्तुत गर्नुपर्ने, प्राप्त कविताहरुमध्ये निर्णायक मण्डलद्वारा भाव र शिल्पका आधारमा चयन गरिएका ३० वटा कविताहरु वचन वा प्रस्तुतीकरण गरिने, हभागी कविहरुमध्ये उत्कृष्ट पाँच छनौट गरी पुरस्कृत गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति: मंसिर २८ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend