Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा विद्यार्थीको घर जल्यो, शिक्षक र विद्यार्थीले लगाए मल्हम

हाम्रो कोशी आवाज
पुष ३ २०७८, शनिबार
धरानमा विद्यार्थीको घर जल्यो, शिक्षक र विद्यार्थीले लगाए मल्हम

धरानः धरान-१२ स्थित एम्स एकेडेमीको कक्षा-१२ विज्ञान सङ्कायमा अध्ययनरत् छात्र ज्ञानेन्द्र खड्काको परिवारलाई सहयोग गरिएको छ ।
धरान–१२ स्थित नेशनल मल्टिपल कलेज र एम्स एकेडेमीका विद्यार्थी र शिक्षकहरुले आर्थिक सङ्कलन गरेर धरान–६ पानबारीमा घर भएका खड्काको परिवारलाई सहयोग गरिएको हो ।
बिहीबार विद्यार्थीहरु र शिक्षक नै पीडितको घरसम्म पुगेर आर्थिक सहयोग गरेका हुन् । एम्सका म्यानेजमेन्ट कोअर्डिनेटर एवम् नेसनल मल्टिपल कलेजका प्रोग्राम कोअर्डिनेटर दुर्गा सुवेदीले पिडित घरमुली एवम् ज्ञानेन्द्रका हजुरबुवा रामबहादुर खड्कालाई ३५ हजार ३ सय ४५ रुपैयाँ हस्तान्तरण गरेका थिए ।
आगलागीले घर पूर्णरुपमा क्षति भएको अवस्थामा थोरै भए पनि राहत मिलोस् भनेर सहयोग गरिएको कोर्डिनेटर सुवेदीले जानकारी दिए । आगलागीले घर पूर्णरुपले ध्वस्त भएर बिल्लीबाठ भएको अवस्थामा नाति ज्ञानेन्द्रका कलेजका साथीहरु र शिक्षकले आर्थिक सङ्कलन गरी सहयोग गरेकाले तत्काललाई ठूलो राहत मिलेको रामबहादुरले बताए ।
गत मङ्सीर–१६ गते विद्युत सर्किटमा समस्या उत्पन्न भई रामबहादुरको घरमा आगलागी भएको थियो । यसअघि धरान–१६ निवासी समाजसेवी सोनु राई (सुवेदी) ले आगलागीपीडित परिवारलाई १२ हजार रुपैयाँ बराबरको चामल, दाल, नुन, तेल, चिनी, साबुनलगायतका आवश्यक सामग्री प्रदान गरेकी थिइन् ।

प्रकाशित मिति: पुष ३ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend