Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको युएन कलेजमा बिबिएसको प्रवेश परीक्षा शुरु

हाम्रो कोशी आवाज
पुष ३ २०७८, शनिबार
धरानको युएन कलेजमा बिबिएसको प्रवेश परीक्षा शुरु

धरानः धरान–१६ स्थित युएन कलेजमा बिबिएस प्रथम वर्षको लागि पहिलो प्रवेश परीक्षा सकिएको छ ।
प्रदेश प्रथमदेखि नेपाल टपसम्म ल्याउन सफल कलेजमा पहिलो प्रवेश परीक्षामा १ सय १ जना विद्यार्थीहरुले प्रवेश परीक्षामा सहभागिता जनाएको कलेजका प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए ।
धरानका कुनैपनि बिबिएस अध्यापन गराउने कलेजहरुले बिबिएस प्रथम वर्षको प्रवेश परीक्षाको मितिसम्म तोक्न नसकिरहेको अवस्थामा आफूहरुले पहिलो प्रवेश परीक्षा गराएको उनले जानकारी दिए । प्रवेश परीक्षा चाँडै गरेपनि विद्यार्थीहरुको उत्साहजनक उपस्थिति रहेको क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिए ।
प्रवेश परीक्षाको नतिजा शनिबार नै प्रकाशित गरिने कलेजका अध्यक्ष ज्ञानेश्वर झाले जानकारी दिए । प्रवेश परीक्षा ‘टपर’ लाई भर्ना शुल्कमा पूर्ण छात्रवृत्ति, दोस्रो हुनेलाई ५० प्रतिशत र तेस्रो हुनेलाई ३० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिएको मेत उनले जानकारी दिए ।
निःशुल्क बैंकिङ तालिम, निःशुल्क बैंकिङ इन्टर्नसीप, निःशुल्क लोकसेवा आयोगको तयारी कक्षाहरु साथै परामर्श, औद्योगिक भ्रमण, आइएलटिएस तयारी कक्षा साथै वैदेशिक अध्ययनका लागि निःशुल्क परामर्श, प्रविधिमैत्री शिक्षण प्रणाली, विद्यार्थीकेन्द्रित शिक्षण प्रणाली कलेजका विशेषताहरु रहेको क्याम्पस प्रमुख तुम्बापो बताउँछन् ।
‘बिबिएसमा स्थापना कालदेखि निरन्तर प्रदेश प्रथम बन्न सफल साथै एक पटक नेपाल दोस्रो समेत बन्न सफल युएन कलेजमा विद्यार्थी अहिले धेरैजसो बैंकर्स भइसकेका छन्, कोही कलेज अध्यापन गराउने प्राध्यापक समेत भइसकेका छन् भने कोही सरकारी जागिरे समेत भइसकेका छन्’, कलेजका प्रमुख तुम्बापो बताउँछन् ।

प्रकाशित मिति: पुष ३ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend