धरानः धरानको भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, सम्वद्र्धन तथा विकास गर्ने हेतुले स्थानीय सरकार धरान उपमहानगरपालिकाद्वारा २०७४ सालमा गठित धरान प्रज्ञा-प्रतिष्ठानले धरानको भाषा, साहित्य, कला (सङ्गीत, नाट्य, नृत्य र ललितकला) तथा संस्कृतिको क्षेत्रमा अनवरत लागिरहेका ५ जना अग्रज सर्जकहरुलाई सम्मान तथा अभिनन्दन गर्ने भएको छ ।
आगामी पौष ९ गते धरान-८ स्थित धरान सभागृहमा रहेको प्रज्ञा प्रतिष्ठानको सभाहलमा धरानका अग्रज स्रष्टाहरु गिरिराज आचार्य (भाषासहित्यतर्फ), गोपाल शाक्य (ललितकलातर्फ), गंगा वरदान (सङ्गीततर्फ), प्रेम सुब्बा (नाट्यकलातर्फ) र नगेन्द्र राई (नृत्यकलातर्फ) लाई जनङ्गे रु. २० हजार पुरस्कारसहित सम्मानित गरिनेछ भने धरानका वरिष्ठ साहित्यकार शरणकुमार राईलाई अभिनन्दन गरिनेछ ।
कार्यक्रमका संयोजक प्रज्ञा सदस्य हिमाल राईका अनुसार प्रतिष्ठानले सालदेखि धरानका अग्रज सर्जकहरुलाई सम्मान तथा अभिनन्दन गर्ने परम्पराको शुरुवात गरेको गरेको भए पनि गत वर्ष कोरोना कहरका कारण स्थगित हुन पुगेको थियो ।
प्रतिष्ठान संयोजक अम्विकाकुमार सम्बाहाम्फेले सम्मान तथा अभिनन्दन कार्यक्रमलाई निरन्तर जारी राखिने बताउँदै अघिल्लो पटक स्व. बीए कृष्ण श्रेष्ठलाई ीवत अवस्थामै अभिनन्दन, भाषातर्फ प्रा.डा. टङ्क न्यौपाने, साहित्यतर्फ बम देवान, सङ्गीततर्फ जीवन भट्टराई, नाट्यकलातर्फ शारदा शाक्य, ललितकलातर्फ प्रनोद दत्त र नृत्यतर्फ मणि राईलाई सम्मान गरिएको थियो ।







