Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्याब्सन सुनसरीमा धरानका अनुप योन्जन सर्वसम्मत

हाम्रो कोशी आवाज
पुष ३ २०७८, शनिबार
प्याब्सन सुनसरीमा धरानका अनुप योन्जन सर्वसम्मत

धरानः निजी विद्यालयका सञ्चालकहरूको छाता सङ्गठन प्याब्सन सुनसरीको अध्यक्षमा धरानका अनुप योञ्जन चुनिएका छन् ।
शनिबार सम्पन्न अधिवेशनले उनी तीन वर्षे कार्यकालका लागि सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् । उनी यसअघि प्याब्सनको सचिव थिए । उनी धरान–१८ स्थित माउण्ट हर्मन एकेडेमीका प्रिन्सिपल हुन् ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा थामेश्वर ढकाल, उपाध्यक्षमा रमेश कार्की र विजय राई, सचिवमा गणेश भण्डारी, कोषाध्यक्षमा दीपक कार्की, सहकोषाध्यक्षमा पुरुषोत्तम राई सर्वसम्मत चुनिएका छन् । यस्तै, सहसचिवमा गोपाल निरौला र मनोजकुमार यादव चयन भएका छन् ।

प्रकाशित मिति: पुष ३ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend