Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ट्राफिक सप्ताह शुरु

हाम्रो कोशी आवाज
पुष ४ २०७८, आइतबार
धरानमा ट्राफिक सप्ताह शुरु

धरानः धरानमा ट्राफिक सप्ताह शुरु भएको छ ।
आइतबार धरानमा प्रभातफेरिसहितको कार्यक्रम आयोजना गर्दै ट्राफिक सप्ताह शुरु भएको जनाउ दिइएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं. १ विराटनगर र १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको आयोजनामा कार्यक्रम भएको हो ।
सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले धरानमा पनि ट्राफिक सप्ताह सुरू भएको हो । भानुचोकमा आयोजित औपचारिक कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, धरानस्थित संघीय इकाई प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक गोविन्दकुमार शाहलगायतले बोलेका थिए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी यादवले सबै सचेत भएमात्रै सवारी दुर्घटना न्यूनीकरण हुनसक्ने धारणा राखे ।
कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिकाका मेयर तिलक राईले नागरिक जवाफदेही बने दुर्घटना स्वतः घटेर जाने बताए । उनले धरानमा सिटी सफारी र टेम्पोको लागि प्रशिक्षण दिएर नगरपालिकामा दर्ताका लागि आह्वान गरिसकिएको जानकारी दिए । दुर्घटना न्यूनीकरणका लागि उपमहानगरस्तरीय यातायात व्यवस्थापन समिति बनाएर अघि बढ्ने उनले बताए ।
कार्यक्रममा बोल्दै वरिष्ठ प्रहरी उपरीक्षक शाहले प्रहरीले जरिवाना काटेर मात्रै दुर्घटना न्यूनीकरण नहुने बताउँदै यसका लागि सबै जना लाग्नुपर्ने बताए । उनले सडकको अवस्था, भौगोलिक कारण, सवारीसाधनको अवस्था, ट्राफिक नियमको उल्लङ्घनलगायत कारणले मानिसहरुले अकालमा ज्यान गुमाउनु परिररहेको समेत बताए । उनले दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक सप्ताह शुरु गरिएको बताउँदै यसका लागि सडक अनुशासनमा सबै पक्ष नलागे दुर्घटना न्यूनीकरण नरोकिने बताए ।

प्रकाशित मिति: पुष ४ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend