Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा याक्खाले चासुवा र सुनुवारले फोलष्याँदर मनाए

हाम्रो कोशी आवाज
पुष ४ २०७८, आइतबार
धरानमा याक्खाले चासुवा र सुनुवारले फोलष्याँदर मनाए

धरानः याक्खा जातिको उधौली चाड चासुवा होक्नामको अवसरमा सामूहिकरुपमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।
आइतबार किरात याक्खा छुम्माको केन्द्रीय कार्यालय भवन रहेको धरान–१६ स्थित जोरसखुवामा सांस्कृतिक विधिअनुसार पूजा आजा तथा ढोल बजाइ शुरुआत गरेका थिए ।
शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले याक्खा समुदायमा महिलालाई सम्मान गरिने प्रतिकको रुपमा डोकेनीको कुरा भएको बताइन् । उपप्रमुख भण्डारीले भवनको लागि उपमहानगरबाट २० लाख रुपैयाँ उपलब्ध गराइएको बताइन् ।
नेपाल आदिवासी जनजाति नगर महासंघ धरानका अध्यक्ष सुवासचन्द्र हुक्पा चोङ्वाङले भाषा संस्कृतिअनुसार याक्खा समुदायले सामूहिकरुपमा चासुवा पुजा गरी मनाएको भन्दै खुशी भएको बताए ।

नेपाल आदिवासी जनजाति नगर महिला महासंघ धरानका अध्यक्ष चन्द्रकला प्रधानले आदिवासी महिलाहरु राज्यको सबै तहमा पुग्नुपर्ने बताइन् ।
याक्खा छुम्माका केन्द्रीय सदस्य पानी मानव जीवनको लागि अत्यावश्यक कुरा भएकोले याक्खा समुदायले जल, जंगल, जमिनको पूजा गरेर उधौली चासुवा चाड मनाउने गरिएको बताए । डोकेनी पनि याक्खा समुदायको आस्था रहेको भन्दै हरेक चाडपर्वमा डोकेनी प्रदर्शन गरिने बताए । उनले आगामी दिनमा संस्कार–संस्कृतिको लागि उपमहानगरसँग ट्रस्ट तयारी गर्न ५१ लाख रुपैयाँको प्रस्ताव पेश गरेको बताए ।
छुम्माका धरान नगर अध्यक्ष हेमराज जिमी याक्खाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा याक्खा समुदाय धरानमा रहेका विभिन्न संघसंस्था जातीय संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए ।
त्यसैगरी सुनुवार सेवा समाज धरानले पनि उधौली चाड फोलष्याँदर सामूहिक रुपमा मनाएको छ । सुनुवार सेवा समाज धरान उपमहानगर समितिले धरान–१७ मा रहेको सामुदायिक भवनमा सांस्कृतिक रुपमा पूजा गरी यो पर्व मनाएको हो । यसपटक फलेको अन्न, चामल साथै फलफूल चढाएर पूजा गरेर फोलष्याँदर मनाइएको जनाइएको छ ।

प्रकाशित मिति: पुष ४ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend