Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा किरात राई यायोक्खा सुनसरीको पदस्थापन कार्यक्रम सम्पन्न

हाम्रो कोशी आवाज
पुष ५ २०७८, सोमबार
धरानमा किरात राई यायोक्खा सुनसरीको पदस्थापन कार्यक्रम सम्पन्न

धरानः धरानमा किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
धरान–१० स्थित कार्यालयमा सो पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । धरान उपमहानगरपालिकाका मेयर तिलक राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ९ औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै मेयर राईले आफ्नो संस्कार, संस्कृति बचाउन हरतरहले लाग्न सुझाए । उनले अग्रजहरुलाई समेट्दै संस्थालाई अघि बढाउन आग्रह गरे ।
कार्यक्रममा निवर्तमान अध्यक्ष बलराम राई, मेयर राईलगायतले उनीहरुलाई खदा र प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा किरायाकी पूर्व अध्यक्ष कमला राईलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा किराया केन्द्रीय वर्तमान उपाध्यक्ष तिलकप्रसाद राई, केन्द्रीय सदस्य किवाहाङ राई, नगेशचन्द्र राई, विमला राई, भूमीदुमी राई, सदर राई, विशिष्ट संरक्षक सदस्य हिमाल राई, संरक्षक सदस्य पुण्यबहादुर राई, रामकर राई, सल्लाहकार मुगाधन राई, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईलगायतको उपस्थिति थियो ।
कार्यक्रममा स्वागत मन्तव्य किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीका सहसचिव नविन राईले गरेका थिए ।
यसअघि यायोक्खाको ९ औं जिल्ला अधिवेशनबाट राजेन्द्र राई निर्वाचित बनेका थिए । समितिको उपाध्यक्षमा सुवित्रा राई र चन्द्रकला राई, सचिवमा नविन राई चयन भएका छन् । यस्तै, सहसचिवमा शम्भु राई पृथक, रमेश राई रोदुङ र यलमहाङ राई सर्वसम्मत चयन भएका थिए । यस्तै, कोषाध्यक्षमा उपेन्द्र चाम्लिङ, सहकोषाध्यक्षमा मेनका राई, सदस्यहरुमा दुर्गाकुमारी राई, सविता राई, इन्दिरा राई, चन्द्र बान्तवा राई, गोपाल राई, चन्द्रकुमार राई, महेश राई, शिवकुमार राई, तेज बान्तवा राई, क्षितिज राई, केशव राई, शरण पुमा राई, मोहन छिलिङ राई, महेन्द्रभक्त राई, विकास राई, कमला राई चयन भएका थिए ।

प्रकाशित मिति: पुष ५ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend