Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको वीरेन्द्र कलेजका विद्यार्थी पूर्वाञ्चल प्रथम भएपछि सम्मान

हाम्रो कोशी आवाज
पुष ६ २०७८, मंगलबार
धरानको वीरेन्द्र कलेजका विद्यार्थी पूर्वाञ्चल प्रथम भएपछि सम्मान

धरानः धरानस्थित वीरेन्द्र मेमोरियल कलेजमा अध्ययनरत् विद्यार्थी पूर्वाञ्चल प्रथम बन्न सफल भएपछि कलेजले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।
कलेजकी छात्रा गरिमा राईले बिएस्सी सिएसआइटी विषयमा ८१.४ प्रतिशत र छात्र सुजन रोक्काले ८०.२ प्रतिशत नतिजा ल्याएर पूर्वाञ्चलमै प्रथम बन्न सफल भएको कलेजका प्रिन्सिपल ताराबहादुर निरौलाले जानकारी दिए । उनले कलेजमा उनीहरुका लागि खुशी साट्ने जमर्को पनि गरिएको जानकारी दिए ।
यस्तै, कलेजमा अध्ययनरत् अन्य २५ जना विद्यार्थी पनि पास भएको उनले जानकारी दिए । बिएस्सी सिएसआइटीमा १० औं ब्याचको नतिजा हेर्दा पूर्वमै राम्रो रहेको उनले दावी गरे । ‘खासमा अहिलेको नतिजा मात्रै राम्रो होइन’, उनले भने, ‘१० औं ब्याचसम्म आइपुग्दा अघिल्लो नतिजाहरु हेर्दा हाम्रा विद्यार्थीहरु पूर्वाञ्चल प्रथम नै बनेका छन् ।’

उनका अनुसार बिएससी सिएसआइटी कोर्ष चार वर्षे कोर्ष हो । यसका लागि कक्षा–१२ पास गरेका विद्यार्थीले अध्ययन गर्न पाउँछन् । यो कोर्ष पढ्न कोटा छुट्याइएको हुन्छ । उनका अनुसार यो कोर्ष सकिसकेपछि जागिर खान सहज हुन्छ ।
यसमा ६० प्रतिशत कम्प्युटर साइन्सको कोर्ष छ भने ४० प्रतिशत आईटीसँग सम्बन्धित छ । जसले गर्दा विद्यार्थी बीएससी सीएसआईटी पढिसकेपछि आफ्नो इच्छाअनुसार अगाडि पढ्ने मौका पाउन सक्छन् ।
यसमा विद्यार्थीले कोर कम्प्युटर साइन्स र सूचना प्रविधिलाई मात्रै बुझ्ने भन्दा पनि समाज, व्यवस्थापन, भिजन, सोचसँग सम्बन्धित कुरा पनि सिक्न पाउने उनले जानकारी दिए ।

प्रकाशित मिति: पुष ६ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend