Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा लोकप्रिय बिबिए र बिएस्सी सिएसआइटी

हाम्रो कोशी आवाज
पुष ११ २०७८, आइतबार
धरानमा लोकप्रिय बिबिए र बिएस्सी सिएसआइटी

धरानः कक्षा–१२ उत्तीर्णपद्धि सबै विद्यार्थीलाई अहिले कुन विषय पढ्ने भन्ने कुतूहलताले छोएको छ । यो स्वाभाविक पनि हो । कतिपय विद्यार्थीले विभिन्न संकायका विषय छनोट गरिसकेका छन् । कति विद्यार्थी कुन संकायको कुन विषय पढ्ने भन्ने विषयमा अन्योलमा पनि छन् ।
कक्षा–१२ पछि के पढ्ने ? कहाँ पढ्ने ? कुन कलेजको सेवासुविधा कस्तो छ ? भनेर बुझ्नका लागि विद्यार्थी यतिखेर लागिपरेका छन् । अहिले विद्यार्थीले आफूले कक्षा–१२ मा हासिल गरेको जिपिएका आधारमा विषय छनोट गर्ने गरेका छन् । व्यवस्थापन समूहमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीका लागि स्नातक तहमा व्यवस्थापन संकायअन्तर्गतको शैक्षिक कार्यक्रम ब्याचलर अफ बिजनेस एडमिनिस्टे«सन (बिबिए) गतिलो विकल्प बनेको छ । दुई दशकअघि नेपालमा सुरु भएको बिबिए कार्यक्रमको अहिले पनि उत्तिकै आकर्षण छ ।
धरान उच्चका प्रिन्सिपल राजविमल श्रेष्ठले वित्तीय संस्थामा काम गर्नका लागि व्यावहारिक ज्ञान र सीप आवश्यक पर्ने भएकाले बिबिए विषयप्रति आकर्षक बढेको बताउँछन् । उनले पूर्वाञ्चल विश्वविद्यालयको बिबिए कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै भने, ‘सेमेस्टर प्रणालीमा पढाइ हुने, विद्यार्थीको सही मूल्याङ्कन र राम्रो नतिजासमेत उत्साहजनक छ । सीमित विद्यार्थी कोटा निर्धारण गरी प्रभावकारीरूपमा अध्ययन, अध्यापन गराउने र मूल्याङ्कनका लागि समेत सहजता भएकोले बिबिएले बजारका लागि भरपर्दा र प्रभावकारी व्यवस्थापकीय क्षमता भएका जनशक्ति उत्पादन गर्ने गरिएको छ ।’
उनका अनुसार बिबिए अध्ययन गरेका विद्यार्थीले रोजगारीमा जाँदासमेत अल्मलिनुपर्दैन । इन्टर्नसिप र प्रयोगात्मक धेरै हुने भएकाले पनि काममा जाँदा अल्मलिनुपर्ने अवस्था नरहेको उनले जानकारी दिए । उनका अनुसार बिबिए उत्तीर्ण जनशक्तिले देशभित्र र विदेशमा समेत रोजगारीको अवसर प्राप्त गर्छन् । बिबिए जनशक्तिलाई देश तथा विदेशका वित्तीय संस्थामा रोजगारीको अवसर छन् । उनका अनुसार व्यवस्थापन शिक्षा लिएका जनशक्ति आवश्यक हुने संस्थाहरूमा बिबिएले अवसर पाउने गरेका छन् । बैंक, वित्तीय संस्था, इन्स्योरेन्स कम्पनी तथा पर्यटन कम्पनीजस्ता व्यावसायिक कर्पोरेट संस्था बढ्दै गएकाले पनि बिबिए उत्तीर्ण जनशक्तिलाई अवसर छन् । त्यसैगरी, कर्पोरेट हाउस, उद्योग, एनजिओ, आइएनजिओ, सेवा उद्योगजस्ता क्षेत्रमा बिबिएले रोजगारी प्राप्त गरिरहेका छन् ।

प्रिन्सिपल राजविमल श्रेष्ठको भनाइ

बिबिए सीमित विद्यार्थी भर्ना गरेर सञ्चालन गरिने कोर्ष हो । सेमेस्टर प्रणाली हुन्छ । पढाउने शैली पनि फरक हुन्छ । इन्टर्नसिपको व्यवस्था हुन्छ । जे पढ्छन् त्यही विषय प्रयोगात्मक ज्ञान र सीपसमेत पाउँछन् । शिक्षकले ध्यानपूर्वक पढाउँछन्, समयमै पढाइ सकिन्छ । फिल्डमा जानुपर्ने भएकाले त्यहीअनुसारको ज्ञान प्राप्त गर्छन् । विद्यार्थीमा रिसर्चको गुण आउँछ । केसका आधारमा पनि पढिन्छ । विद्यार्थीमा विश्लेषण गर्ने गुण हुन्छ । बिबिएका लागि सीमित कोटा निर्धारण छ । यसले गर्दा शिक्षक र विद्यार्थीबीच छलफल तथा सहभागितामूलक शिक्षण सिकाइ क्रियाकलाप हुन्छ ।

प्रिन्सिपल ताराबहादुर निरौलाको भनाइ

धरानस्थित वीरेन्द्र मेमोरियल कलेजका प्रिन्सिपल ताराबहादुर निरौलाले सीमित विद्यार्थी राखेर पढाइने र नतिजासमेत राम्रो भएकाले बिबिए कोर्ष लोकप्रिय रहेको बताए । ‘बिबिएस मास एजुकेसन हो, धेरैले भर्नाको अवसर पाउँछन्, बिबिएमा सेलेक्टेड र सीमित राखेर पढाइन्छ,’ उनी भन्छन्, ‘सीमित विद्यार्थीमा प्रयोगात्मक अभ्यास बढी हुने, फिल्डमा जाने र शिक्षकले समेत ध्यान दिन सक्ने भएकाले यो कोर्ष बढी लोकप्रिय छ ।’
बीबीए अध्ययन गरेका विद्यार्थीहरु थुप्रै क्षेत्रमा अवसर प्राप्त गर्न सक्छन् । विद्यार्थीहरु भविष्यमा गएर कर्पोरेट हाउस, बैंक, फाइनान्स, इन्स्योरेन्स, शिक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगठन, सरकारी तथा गैरसरकारी क्षेत्र इत्यादिमा अवसर प्राप्त गर्न सक्छन् । यसर्थ, बीबीए अध्ययन गरिसके पछि प्रायः विद्यार्थी बेरोजगार बस्नुुु पर्दैन ।
ब्याचलर्स लेवलका कार्यक्रम के के छन् ?
–बिबिएस, एमबिएस, बिएस्सी सिएसआइटी र माइक्रोबायोलोजी विषयहरु अहिले अध्यापन भइरहेका छन् ।
बिएसस्सी सिएसआइटी भनेको कस्तो कोर्ष हो ?
–यो कोर्ष भनेको आइटीसँग सम्बन्धित विषय हो । अहिलेको जमाना भनेको प्रविधिको हो । अहिले इन्फरमेसन टेक्नोलोजीकै कारण यस विषयको आकर्षण बढेको पनि छ । यो विषय पढ्न यस कलेजमा ४८ जनाको कोटा रहेको छ । यो सेमेष्टर सिष्टमको कोर्ष हो । यसमा ८ वटा सेमेष्टर चल्ने गरेको छ । पूर्वाञ्चलमा यस्तो कोर्ष पहिलोपटक शुरुवात गर्ने हामी नै हो । यो कोर्ष यस कलेजमा चलेको लगभग १० वर्ष भइसकेको छ ।

यो विषय पढ्न कति पैसा तिर्नुपर्छ ?
–यस कोर्षको लागि ४ लाख ६५ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । ५ जना विद्यार्थीले छात्रवृत्ति पाउँछन् । आर्थिक स्थिति कमजोर भएकाहरुलाई पनि विशेष छुट दिँदै आएका छौं । इन्ट्रान्स टप, सेमेष्टर टप आदिलाई पनि छुट दिँदै आएका छौं ।
यसको स्कोपबारे भनिदिनुहोस् न ।
–बिएस्सी सिएसआइटीको धेरै स्कोप छ । कुनै एउटा ‘प्रोगामिङ’ गरयो भने त्यसबाट लाखौं रुपैयाँ कमाउन सकिन्छ । घरमै बसी बसी पनि संसारका जुनसुकै ठाउँका काम गर्न सक्छन् । विदेश गएर पढ्छु भन्दा पनि छात्रवृत्तिमा यिनीहरुले पढ्न पाउँछन् ।
बिबिएसबारे बताइदिनुहोस् न ।
बिबिएसलाई स्पेशल बनाएर लैजान खोजिरहेका छौं । कोर्षमा पढाउने कुरा त भइहाल्छ, कोर्षदेखि बाहिर ‘क्यारियर डेभलपमेण्ट सेल’ भनेर शुरुवात गरेका छौं । त्यसमा विद्यार्थी आफैं कार्यक्रम आयोजना गर्दै इभेण्टहरु आफैंले तयार गर्ने, आफैले त्यसको व्यवस्थापन गर्ने, आर्थिक पक्षको पनि व्यवस्थापन गर्ने, त्यसमा कलेजले सल्लाह दिने र गाइडलाइन प्रदान गर्ने गर्दछ । जस्तोः कुनै उद्योगको भ्रमणमा विद्यार्थी गए भने त्यसको रिपोर्ट तयार गर्ने र कक्षामा प्रस्तुति दिनेलगायत अन्य । त्यसैले अन्य कलेजभन्दा हामी फरक छौं ।
बिबिए कस्तो कोर्ष हो ?
–बिबिए राम्रो विषय हो । यो जागिर खाने मात्रै नभएर विद्यार्थीलाई अन्य फाइदा पनि गर्ने विषय हो । व्यवस्थापन समूहमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीका लागि स्नातक तहमा व्यवस्थापन सङ्कायअन्तर्गतको शैक्षिक कार्यक्रम ब्याचलर अफ बिजनेस एडमिनिस्टे«सन (बिबिए) गतिलो विकल्प बनेको छ । दुई दशकअघि नेपालमा सुरु भएको बिबिए कार्यक्रमको अहिले पनि उत्तिकै आकर्षण छ ।
सीमित विद्यार्थी राखेर पढाइने र नतिजासमेत राम्रो भएकाले यो कोर्स संसारभर लोकप्रिय छ । नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय शैक्षिक संस्थामा समेत यो कार्यक्रममा विद्यार्थीको आकर्षण रहेको छ ।
वित्तीय संस्थामा काम गर्नका लागि व्यावहारिक ज्ञान र सीप आवश्यक पर्ने भएकाले बिबिए विश्वभर नै आकर्षक बनेको छ । नेपालमा वित्तीय संस्था बढ्दै गएको र त्यसको सफलतासँग बिबिएका जनशक्तिको योगदान छ । बिबिएले काम गर्ने क्षेत्रहरू व्यावहारिक, व्यवस्थापकीय, सञ्चार, सीप र निर्णय क्षमताको विकास गराउँछ । बिबिए कोर्स रोजगारमूलक र व्यावसायिक भएकाले निरन्तर लोकप्रिय भएको हो । यो कोर्सले बजारमा आवश्यकताअनुसारका प्रयोगात्मक शिक्षा प्रदान गर्ने हुनाले जनशक्ति खपतमा समेत समस्या छैन । व्यावहारिक शिक्षा दिने सरकारीदेखि निजी कलेजमा विद्यार्थीको निरन्तर आकर्षण छ ।

भविष्य बनाउने विषयः एचओडी मुकेश शाह

कम्प्युटर साइन्स एण्ड इन्फरमेसन टेक्नोलोजी (बीएससी सीएसआइटी) अध्ययनका लागि विद्यार्थीको आकर्षण बढ्दै गएको वीरेन्द्र मेमोरियल कलेजका एजओडी मुकेश शाह बताउँछन् । उनका अनुसार यसमा कम्प्युटर सिस्टम, एप्लिकेसन, डेभलपमेन्ट र प्रोगामिङबारे सैद्धान्तिक र व्यवहारिक सीप प्रदान गरिन्छ । ‘यसमा विद्यार्थीले अनुसन्धान साथै एप्लिकेसनको अध्ययन गर्ने अवसर पाउँछन् । बीएससी सीएसआईटी डाइभर्स फिल्ड भएकाले यसमा राम्रो करियर रहेको छ ।’ उनी थप्छन् ।
बीएससी सीएसआईटीमा प्रक्टिकल पनि थेउरीको साथसाथै हुने भएकाले सिकाई व्यवहारिक हुने उनको भनाई छ । उनी भन्छन् ‘यो कोर्ष इन्जिनियरिङको भन्दा पनि अझै राम्रो छ ।’

प्रकाशित मिति: पुष ११ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend