धरानः धरान-१२ चतरा लाइनमा नयाँ व्यवस्थापनका साथ नेशनल मल्टिपल कलेज सञ्चालनमा आएको छ । एम्स एकेडेमीसँग मिलेर सोही स्थानमा सो कलेज सञ्चालनमा आएको हो । सो कलेज २०६२ सालमा सञ्चालित भएपछि यस वर्षदेखि नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको जानकारी दिइयो ।
कलेजले चार वर्षे बिएड आइसिटी, बिएड र बिबिएस कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा यस्तो कोर्ष सञ्चालनमा आएको हो ।
यहाँ प्रस्तुत छ, कलेजका प्रोग्राम कोअर्डिनेटर तथा व्यवस्थापन संकायका संयोजक दुर्गा सुवेदीसँग गरिएको कुराकानीः
बिएड आइसिटी विषयबारे यहाँको धारणा के छ ?
अहिलेको जमाना प्रविधिको हो । प्रविधिको जमानामा त्योसँगै अघि बढ्न सकिए भने सबैलाई फलदायी हुन्छ जस्तो लाग्दैछ । यो वास्तवमै कम्प्युटर बेसमा आधारित प्रयोगात्मक शिक्षा हो । अहिले संसारले रोजेको र खोजेको विषय नै प्रयोगात्मक विषय हो । यो विद्यार्थीले आफैं आत्मनिर्भर बनाउने शिक्षा हो भन्छु म ।
किन यो कलेज सञ्चालनमा आयो ?
–आइसिटी पढेपछि स्वदेशमै रोजगारी पाउने र आफैले पनि अवसर सिर्जना गर्न सकिने पर्याप्त सम्भावना रहेकोले यो विषय विद्यार्थीको छनौटमा पर्ने गरेको छ, त्यही भएर यस्तो विषयको पनि ज्ञान दिन जरुरी ठान्यौं र यो कलेज पनि अहिले एम्ससँगकै सहकार्यमा अघि बढेको हो ।
यो विषय कस्ता कस्ता विद्यार्थीले पढ्न पाउँछन् ?
–जुनसुकै विषयबाट कक्षा–१२ उत्तीर्ण गरेका विद्यार्थीले यो विषय पढ्न पाउँछन् । भनौं, यसमा विशेषतः ग्रेडको कुनै ‘ब्राउन्ड्री’ छैन ।
बिएड आइसिटी पढ्न कति खर्च लाग्छ र कस्ता छुट दिइएको छ ?
–चार वर्षे यो कोर्षका लागि जम्मा दुई लाख लाग्छ । पहिलो वर्ष भएकोले सम्पूर्ण खर्चको १० प्रतिशत छुट दिएका छौं । सामुदायिक स्कुलबाट आउने विद्यार्थीलाई विशेष छुट, इन्ट्रान्स टपरलाई छात्रवृत्ति, ३.५ माथि जिपिए आउनेलाई मासिक शुल्कमा पनि छुट दिने निर्णय गरेका छौं । कलेजले दलित, आदिवासी जनजाति, सीमान्तकृत वर्ग, क्षेत्र र समुदायका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था समेत गरिएको जानकारी गराउँछु ।
यो कक्षा कुन समयमा सञ्चालन हुन्छ ?
–साढे २ बजेदेखिको समयमा कक्षा लिन सकिन्छ सकिन्छ । दिउँसो केही समय काम गरेर पनि यो कक्षा लिन भ्याउने व्यवस्था गरेका छौं ।
यो विषय पढेपछि विद्यार्थीले के पाउँछन ?
–विशेषतः बिएड आइसिटी पढेपछि जागिर खोज्दा सहजै खान सकिने विषय भएकोले यसतर्फ विद्यार्थीको क्रेज रहेको छ । हरेक विद्यालयमा आइटी शिक्षक चाहिने र बजारमा छिटो बिक्ने हुनाले यो विषय विद्यार्थीको रोजाइमा पर्छ ।
यो प्रयोगात्मक शिक्षा भएकोले विद्यार्थी आफैं आत्मनिर्भर बन्न सक्छन् । आइसिटी शिक्षालाई प्रभावकारी बनाउन दक्ष आइसिटी शिक्षक तथा प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले यो कोर्ष आवश्यक रहेको छ । यो कोर्षले विद्यालयस्तरको एक दक्ष आइसिटी शिक्षकको परिकल्पना गरेको बताउँदै कलेजले दक्ष आइटी शिक्षकहरु उत्पादन गरी विद्यालयस्तरका आइटी शिक्षकको अभावलाई पूर्ति गर्दछ ।
साँच्चै भन्ने हो भने देशले दक्ष आइसिटी प्रशिक्षकहरु उत्पादन गर्न सकिरहेको छैन, अहिलेसम्म अनौपचारिकरुपमा कम्प्युटर शिक्षा प्राप्त गरको जनशक्तिले नै यसलाई धानिरहेको छ ।
नेपाल सरकारले पनि नेपालको विद्यालय शिक्षालाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउँदै लैजाने योजना अघि सारेको छ, योजनाअनुसार विद्यालय तहका लागि कम्प्युटर विषयका पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण भएका छन्, सबै विद्यालयहरुमा अनिवार्य कम्प्युटर शिक्षालाई अभियानकै रुपमा सञ्चालन गरिँदै आएको छ । यसै सन्दर्भमा विद्यालय तहका लागि अन्य विषय दरबन्दी सिर्जना गरी स्थायी शिक्षक नियुक्ति गरिएजस्तै कम्प्युटर शिक्षाको दरबन्दी सिर्जना गरिने हुँदा सो का लागि न्यूनतम योग्यता प्राप्त जनशक्रि निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ । यस प्रयोजनले विश्वविद्यालय शिक्षमा यो विषय समावेश गरिएको छ, यो विषय अध्ययन गर्ने विद्यार्थीले स्थायी कम्प्युटर शिक्षकका रुपमा न्यूनतम प्रतिस्पर्धा वा बिर्नाप्रतिस्पर्धा नियुक्ति पाउने सम्भावना रहेको हाम्रो ठहर छ ।
अझ म त के भन्छु भने साथै के ग्यारेन्टी गर्न चाहन्छु भने हामीले हाम्रा विद्यार्थीलाई बिनाजागिर बस्न दिने छैनौं । आइसिटीको दोस्रो वर्ष अध्ययन सकेका विद्यार्थीलाई उनीहरुले पाएको ज्ञानका आधारमा कतै न कतै जागिरको बन्दोबस्त गरिदिन्छौं । त्यस्तै, ब्यालर्स पास भएपछि पहिलो खुड्किलोमै उनीहरुले सहजै जागिर पाउँछन् । शाखा अधिकृत सोसरहको उनीहरुले अवसर पाउँछन् ।
भावी योजना के छ ?
–होटल म्यानेजमेण्ट, ल का कार्यक्रम साथै सेमेष्टरका कोर्ष पनि भित्र्याउनेछौं । बिएस डब्लु, बिबिए, बिए, एलएलबि, १ वर्षे बिएड तथा एमएड समेत प्रस्ताव गरिएको र आगामी वर्षबाटै सम्बन्धन लिई सञ्चालनमा ल्याइनेछ । अझै भन्ने हो भने यहाँ कक्षा नर्सरीदेखि मास्टर लेवलसम्म विद्यार्थीले पढ्न पाउने वातावरण निर्माण गर्दैछौं ।

