Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको हात्तिसार क्याम्पसमा मुख्यमन्त्री राई

हाम्रो कोशी आवाज
पुष १२ २०७८, सोमबार
धरानको हात्तिसार क्याम्पसमा मुख्यमन्त्री राई

धरानः धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई आएका छन् । माइक्रोबायोलोजी ग्रुपले आयोजना गरेको प्रसिद्ध वैज्ञानिक लुईस पाश्चरको बर्थडे सेलिब्रेसन कार्यक्रमको उद्घाटनका लागि यहाँ आएको कार्यक्रम संयोजक एवम् अध्यापक अर्जुन घिमिरेले जानकारी दिए । कार्यक्रममा प्राध्यापक पशुपति मिश्र र गीता भट्टराईलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री राईले उनीहरुलाई खदा र सम्मानपत्रले सम्मान गरेका थिए । कार्यक्रममा कर्मचारी सूर्यनारायण श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा कोरोनाको पहिलो चरणमा ५ हजारभन्दा बढी स्वाब संकलन गरेका विद्यार्थी आशिष प्रधान, आकृति गुरुङ, मोजेश चौधरी, मिशा शाक्यलाई पनि सम्मान गरिएको थियो । उनीहरुलाई पनि प्रमुख अतिथि मुख्यमन्त्री राईले सम्मान गरेका थिए ।
कार्यक्रमका क्याम्पस प्रमुख दिलकुमार लिम्बूले कलेजका लागि अध्यापक अभाव रहेको मुख्यमन्त्री राईलाई जानकारी गराए । उनले पार्टटाइम अध्यापकले अहिले काम चलाइरहनुपरेको पनि बताए । उनले सरकारले बिएस्सी न्युट्रीसन, डाइटिसियन विषयमा पास भएका विद्यार्थीहरुका लागि लोकसेवा नखुलाइदिँदा समस्या भएको बताए । उनले प्रदेश सरकारले केन्द्रसम्म पहलकदमी गर्नुपर्ने बताए । कम्प्युटर ल्याब, साढे ३ करोडमा छात्रबास निर्माण सकिन लागेको त्यसका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारमा सहयोग गर्न उनले आग्रह गरे ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले कलेजको भौतिक पूर्वाधारलगायतका अन्य कुरामा सहयोग गर्ने आश्वासन दिए । कार्यक्रम माइक्रोबायोलोजी विभागीय प्रमुख धिरेन लिम्बूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सहायक क्याम्पस पमुख प्राध्यापक बबिता अधिकारीले क्याम्पसको मिसन, भिजन र गोलका बारेमा प्रकाश पारेकी थिइन् भने पाश्चरको जीवनीबारे छात्रा शुभेच्छा सुब्बाले प्रष्ट्याएकी थिइन् ।
प्रसिद्ध लुई पाश्चर एक डाक्टर वा सर्जन थिएनन्, तर एक रसायन र भौतिक विज्ञ थिए । उनी माइक्रोबायोलोजीको पिताहरुमध्ये एक मानिन्छन् ।
तस्वीरहरुः शेखरनाथ जोगी

प्रकाशित मिति: पुष १२ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend