Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हिसान सुनसरीको ‘स्पोर्टस् मिट शुरु, धरानलगायत सुनसरीका कलेजका छात्रछात्रा भिड्दै

हाम्रो कोशी आवाज
पुष १३ २०७८, मंगलबार
हिसान सुनसरीको ‘स्पोर्टस् मिट शुरु, धरानलगायत सुनसरीका कलेजका छात्रछात्रा भिड्दै

धरानः प्रत्येक वर्ष उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) सुनसरीले आयोजना गर्दै आएको हिसान स्पोर्टस् मिट यसवर्ष पनि सुरु भएको छ ।
धरानस्थित डिपो स्कुलमा एक कार्यक्रमको आयोजना गरी हिसान सुनसरीले बास्केटबलअन्तर्गत महिला तथा पुरुष टिमको खेल तालिका सार्वजनिक गरेको छ । यसवर्ष बास्केटबलमा पुरुष तर्फ ९ टिम र महिला तर्फ ४ टिमले प्रतिष्पर्धा गर्ने भएका छन् ।
यही बिहीबार, शुक्रबार र शनिबार (पु ि१५–१७ गते) धरानको डिपो स्कुलको बास्केटबल कोर्टमा प्रतियोगिता सम्पन्न हुने हिसान स्पोर्टस् मिट संयोजक सागर भट्टराईले जानकारी दिए । उनका अनुसार खेल नकआउटका आधारमा हुने र बिजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताको उदयीमान खेलाडी, हाइ स्कोरर, उत्कृष्ट खेलाडीलाई समेत ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बास्केटबल खेल मेनेजर तथा बास्केटबलका राष्ट्रिय प्रशिक्षक विकास चाम्लिङले जानकारी दिए ।
छात्रतर्फको खेलमा डिपो स्कुल, धरान आदर्श स्कुल, हिमालयन स्कुल, लोटस स्कुल, सियोन स्कुल, विष्णु मेमोरियल स्कुल, एम्स एकेडेमी, समिट स्कुल र विश्व आदर्श स्कुलले सहभागिता जनाएका छन् । त्यस्तै, छात्रातर्फ हिमालयन स्कुल, विष्णु मेमोरियल स्कुल, धरान आदर्श स्कुल र डिपो स्कुलको टिमले प्रतिष्पर्धा गर्नेछन् । खेल सम्पन्न गर्न सुनसरी बास्केटबल संघ र धरान बास्केटबल संघले प्राविधिक सहयोग गरेका छन् ।
खेल तालिका सार्वजनिक कार्यक्रममा हिसान सुनसरी सचिव तथा हिसान स्पोर्टस् मिट संयोजक भट्टराई, हिसान सुनसरी उपाध्यक्ष राजकुमार राई, सहकोषाध्यक्ष हेमन्त भण्डारी, हिसान बास्केटबल खेल व्यवस्थापक एवम् राष्ट्रिय प्रशिक्षक चाम्लिङलगायतको उपस्थिति रहेको थियो ।
यसअघि नै इटहरीमा चेस र वक्तृत्वकला सम्पन्न भइसकेको छ भने अब बास्केटबल, ब्याडमिन्टन, टेलबलटेनिस, फुटबल, भलिबल, क्रिकेट, नृत्य, गायन, हाजिरीजवाफ प्रतियोगिताहरु सम्पन्न हुने हिसान सुनसरी सहकोषाध्यक्ष हेमन्त भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति: पुष १३ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend