Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हिटरले हावामा रहेको अक्सिजनलाई जलाउँदा ज्यान जाने खतरा

हाम्रो कोशी आवाज
पुष १४ २०७८, बुधबार
हिटरले हावामा रहेको अक्सिजनलाई जलाउँदा ज्यान जाने खतरा

धरानः चिसो मौसममा कोठालाई न्यायो बनाउन हिटरको प्रयोग गर्ने गरिन्छ । अत्यधिक विद्युतीय हिटरको प्रयोगले विभिन्न खतरा निम्त्याउन सक्छ । लापरवाहीले हाम्रो ज्यान समेत जान सक्छ । हिटरकै कारण ज्यान गएका उदाहरण पनि हाम्रा सामु छन् ।
हिटरले न्यायो पार्ने काम त गर्छ नै साथ साथै त्यसले बेफाइदा पनि गर्छ । हामीले हिटर बालेर बस्दा धेरै कुरामा ध्यान दिनुपर्छ । अझ स्वासप्रश्वासको समस्या भएका मानिसले हिटरको प्रयोग गर्दा धेरै नै ध्यान दिनुपर्छ । अथवा चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ । चिकित्किकाअनुसार स्वासप्रश्वाससम्बन्धी धेरै नै समस्या भएका बिरामीले हिटरको प्रयोग गर्नु त्यति फाइदाजनक मानिदैन ।
धेरै जस्तो हिटरहरुमा रातो र तातो धातुको डन्डी प्रयोग गरिएको हुन्छ । कोठाको तापक्रम बढाउनका लागी हिटरले तातो हावा बाहिर फाल्ने काम गर्दछ । तातो हावाले कोठामा रहेको चिसो हावालाई तातो हावामा परिणत गर्छ । हिटरबाट निस्कने तातो हावा सुख्खा हुने गर्दछ । साथै यी रुम हिटरहरुले हावामा रहेको अक्सीजनलाई जलाउने काम गर्दछ ।
हिटरबाट निस्कने हावाले हाम्रो शरीरको छालालाई डिहाइड्रेट गर्दछ । हिटरको कारणले धेरै मानिसलाई निद्रा नलाग्ने, टाउको दुख्ने समस्या देखा पर्दछ । हिटरको धेरै प्रयोग गर्दा स्वास्थ्यमा अन्य समस्याहरु पनि देखा पर्दछन् । हिटरबाट निस्केको केमिकलले हाम्रो श्वासको माध्यम हुदै हाम्रो शरीरभित्र प्रवेश गर्दछ । जसका कारण हाम्रो शरीरको भित्री भागमा यसले नोक्सान पु¥याउँछ । विशेषगरी यसले आस्थमा हुने वा एलर्जी समेत हुने गर्दछ ।
दम रोगका बिरामीहरुलाई हिटर बालेर बस्दा सबैभन्दा धेरै खतरा हुने गर्दछ । यदि तपाईमा श्वासप्रवासको समस्या छ भने हिटरबाट टाढा नै रहनु राम्रो मानिने चिकित्सकको सुझाव छ । यस बाहेक ब्रोन्काइटिस र पिनासका बिरामीहरुलाई यसले एलर्जी हुन सक्छ । यस्ता बिरामीहरुमा हिटरको हावाबाट फोक्सोमा कफ बन्न थाल्छ र खोकी र हाँछ्यु आउन थाल्छ ।
चिकित्सकका अनुसार यदि तपाईमा दम र एलर्जीको समस्या छ भने साधारण हिटरको ठाउँमा मट्टीतेल वाला हिटरको प्रयोग गर्नुपर्छ । यो हिटरमा तेलले भरिएको पाइप हुन्छ जसले गर्दा हावालाई सुख्खा हुन दिदैन । यदि तपाई हिटरको दिनहु प्रयोग गर्नुहुन्छ भने थोरै समयका लागी प्रयोग गरी हिटरलाई बन्द गर्नुहोस् । हिटरको धेरै प्रयोग गर्नाले बच्चाहरुमा पनि दमको समस्या देखा पर्न सक्छ ।
यति मात्र नभई खोकी लाग्ने , छाती दुख्ने छटपटी हुने र फोक्सोमा समेत यसले असर पु¥याउँछ। विशेषगरी हिटरले बच्चा र वृद्धवृद्धालाई असर गर्दछ । कोठा बन्द गरेर हिटर बाल्दा कोठाको अक्सीजन बल्छ र श्वास फेर्न गाह्रो हुन्छ । जसबाट ज्यान गुमाउने समेत जोखिम हुन्छ ।हिटरवाल्दा कोठामा झ्याल ढोका बन्द गरिनु हुँदैन ।
हिटरमात्र होइन जाडोमा न्यानो बनाउन आगो बाल्दा,ब्रिकेट बाल्दा झ्याल ढोका बन्द गरेर बाल्नु हुँदैन । कोठाभित्र प्रसस्त मात्रामा अक्सिजन छिर्न सक्नु पर्छ । त्यसैले हिटर,आगो, ब्रिकेट लगायत बाल्दा झ्याल वा ढोका खुला राख्नुपर्छ । पूर्व सावधानीले नै दुर्घटनाबाट जोगाउँछ ।

प्रकाशित मिति: पुष १४ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend