धरानः उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) सुनसरीको स्पोर्टस मिटअन्तर्गत ब्याडमिन्टनको उपाधि छात्रतर्फ सुनाखरी एकेडेमी र छात्रातर्फ सीवी कलेजले जितेको छ ।
इटहरी रंगशालामा रहेको कबर्डहलमा शुक्रबार सम्पन्न छात्रतर्फको प्रतिष्पर्धामा सुनाखरी एकेडेमीका रोदन राई प्रथम हुँदा युरेका स्कुल धरानका अनमोल राई दास्रो भएका छन । यस्तै, कस्तुरी एकेडेमीका अजय शाह र डिपोट सेकेण्डरी स्कुलका ऋषि राई तेस्रो भएका छन् ।
छात्रातर्फको प्रतिष्पर्धामा सिबी कलेजकी रोज राई प्रथम हुँदा बेबीलोन सेकेण्डरी स्कुलकी सन्ध्या श्रेष्ठ दोस्रो भएकी छिन् । यस्तै, प्रभात इङ्लीस स्कुलकी कञ्चन राई र धरान सेकेण्डरीकी सदीक्षा लिम्बू तेस्रो भएकी छन ।
स्पोर्टस मिटअन्तर्गत शुक्रबार नै सम्पन्न टेबलटेनिसको उपाधि छात्र र छात्रा दुवैतर्फ युरेका सेकेण्डरी स्कुलले जितेको छ । छात्रतर्फ शरण राई प्रथम भएका छन् भने छात्रातर्फ सुयशा राई प्रथम भएकी छिन् ।
यस्तै छात्रतर्फ धरान आदर्शका अनमोल विक दोस्रो भएका छन् । विश्व आदर्शका रियाज खड्का र सुनाखरी एकेडेमीका त्याबुहाङ राई तेस्रो भए । छात्रातर्फ धरान सेकेण्डरी स्कुलकी अदिती श्रेष्ठ दोस्रो भइन् भने धरान आदर्शकी दीया शाक्य र सुष्मा गोदावरी कलेजकी सोनिका राई तेस्रो भएकी छिन् ।