Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१६ को जेनिथका विद्यार्थील लिए ‘पब्लिक स्पिकिङ’ तालिम

हाम्रो कोशी आवाज
पुष १७ २०७८, शनिबार
धरान-१६ को जेनिथका विद्यार्थील लिए ‘पब्लिक स्पिकिङ’ तालिम

धरानः धरान-१६ स्थित जेनिथ सेकेण्डरी बोर्डिङ स्कुलका विद्यार्थीहरुका लागि शुक्रबार एक दिवसीय ‘पब्लिक स्पिकिङ स्किल’ सम्बन्धी तालिम सम्पन्न भएको छ ।
धरान–१३ स्थित ज्येष्ठ नागरिक तथा बाल सञ्जालको भवनमा सम्पन्न तालिममा विद्यार्थीहरुलाई स्टेजमा निर्धक्क भएर कसरी बोल्ने, औपचारिक र अनौपचारिक कार्यक्रम कसरी सञ्चालन गर्ने, माइक्रोफोन र पोडियमको सहि प्रयोग कसरी गर्ने आदिबारे जानकारी गराइएको सहजकर्ता सञ्चारकर्मी तिर्थ कार्कीले जानकारी दिए ।
तालिममा कक्षा–८ र कक्षा–९ का गरी ३० जना विद्यार्थी सहभागी भएको स्कुलका प्रिन्सिपल सुमन जवेगुले जानकारी दिए । किताबी ज्ञानबाहेक विद्यार्थीहरुको ब्यक्तित्व र नेतृत्व विकासका लागि अन्य अतिरिक्त क्रियाकलापमा समेत विद्यालयले जोड दिँदै आएको प्रिन्सिपल जवेगुले बताए ।
बालबालिकहरुको रचनात्मक क्षमताको विकासका लागि आफूले कुनै कसुर बाँकी नराख्ने धरान–१३ नम्बर वडाका वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले बताए । तालिमका सहभागी विद्यार्थी स्वाभिमान जवेगुले तालिमबाट मासमा बोल्नको लागि आत्माविश्वास बढेको बताए ।
त्यस्तै, अर्का सहभागी युनिसा राईले माइक्रोफोन कसरी समाउने, आत्माविश्वास कसरी बढाउने, कार्यक्रम कसरी सञ्चालन गर्नेजस्ता जीवनउपयोगी कुरा सिक्न पाउँदा खुशी लागेको अनुभव सुनाइन् । कार्यक्रममा शिक्षकद्वय जीवी लिम्बू र बालकृष्ण मगरको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: पुष १७ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend