Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको नेपाल निजामती कर्मचारी युनियनमा हिरालाल

हाम्रो कोशी आवाज
पुष १७ २०७८, शनिबार
धरानको नेपाल निजामती कर्मचारी युनियनमा हिरालाल

धरानः धरानमा नेपाल निजामती कर्मचारी युनियनको स्थानीय कार्य समिति गठन गरिएको छ ।
शुक्रबार धरानको प्रथम उपमहानगरपालिका स्तरीय भेलाले गठन गरेको समितिमा सभापति पदमा हिरालाल विश्वकर्मा, (खुलातर्फ) उपाध्यक्षमा शुभनारायण वनेता, (समावेशीतर्फ) उपाध्यक्षमा सितादेवि मगर, सचिवमा विजय शाह, सहसचिवमा डम्बरकुमारी मगर र कोषाध्यक्षमा सगुन किरातलाई चयन गरेका हुन् ।
यस्तै, सदस्यहरुमा उमेश मेहता, उमेश राई, नगेन्द्र तामाङ, सीमा विक र चन्द्रकला राई चयन भएका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल र नेपाली कांग्रेस धरानका सभापति श्यामप्रसाद पोखरेलले अविर, माला लगाएर बधाईसहित शुभकामना दिएका थिए ।
कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई धरान वडा नं. १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रविण), वडा नं. २ का अध्यक्ष माधवगोविन्द श्रेष्ठ, वडा नं. ५ का अध्यक्ष सन्तोष लिम्बू र नेपाल निजामती कर्मचारी युनियन सुनसरीका सभापति निखिल पोखरेलले शुभकामना मन्तव्य राखेका थिए । नेपाल निजामती कर्मचारी युनियन कांग्रेस निकट शुभेच्छुक संस्था हो । कार्यक्रम उमेश राईको सभापतित्वमा सम्पन्न भएको हो ।

प्रकाशित मिति: पुष १७ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend