Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सुनाखरी एकेडेमीद्वारा हिसानमा जित्ने छात्रलाई विद्यार्थीमाझ सम्मान

हाम्रो कोशी आवाज
पुष १८ २०७८, आइतबार
धरानको सुनाखरी एकेडेमीद्वारा हिसानमा जित्ने छात्रलाई विद्यार्थीमाझ सम्मान

धरानः धरान–१२ स्थित सुनाखरी एकेडेमीको कक्षा–११ (कलेज लेवल) मा अध्ययनरत् विद्यार्थीले खेलकुद विधामा जितेपछि विद्यार्थीमाझ नै सम्मान गरिएको छ ।
विद्यालय प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरिएको हो । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) सुनसरीको स्पोर्टस मिटअन्तर्गत ब्याडमिन्टन र टेबलटेनिस खेलमा सुनाखरी एकेडेमीका विद्यार्थी पहिलो र तेस्रो हुन सफल भएका थिए ।
एकेडेमीका कक्षा–११ मा अध्ययनरत छात्र रोदन राईले ब्याडमिन्टन खेलतर्फ प्रथम स्थान हात पारेका थिए । यसैगरी टेबलटेनिस खेलअन्तर्गत तायानबुङ राई तेस्रो स्थानमा पर्न सफल भएका थिए । विद्यार्थीलाई हौसला प्रदान गर्न र अन्य विद्यार्थीलाई प्रेरणा मिलोस् भनेर सबै विद्यार्थीको उपस्थितिमा उनीहरुलाई सम्मान गरिएको प्रिन्सिपल मिलनकुमार राईले जानकारी दिए ।
उनले विद्यार्थीले पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि सफलता हासिल गर्दै जानु विद्यालयको लागि गर्वको विषय भएको बताए । उनले अतिरिक्त क्रियाकलापअन्तर्गत ब्याडमिन्टन, कराँते, टेबलटेनिसलगायतका क्रियाकलापमा विद्यार्थीले सफलता हासिल गर्दै गएको बताए । कार्यक्रममा प्लस टु कोअर्डिनेटर टपकुमार राई, अध्यापक आनन्द सुब्बा, रेश्मा तामाङलगायतले अविर, खदा र सम्मानपत्रले सम्मान गरेका थिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: पुष १८ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend