Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान आदर्शद्वारा हिसान छात्रा बास्केटबलको उपाधि कब्जा गर्ने र अन्य विधामा उपाधि जित्नेलाई सम्मान

हाम्रो कोशी आवाज
पुष १८ २०७८, आइतबार
धरान आदर्शद्वारा हिसान छात्रा बास्केटबलको उपाधि कब्जा गर्ने र अन्य विधामा उपाधि जित्नेलाई सम्मान

धरानः धरान आदर्शले खेलकुदका विभिन्न विधामा उपाधि जित्ने छात्रछात्रालाई सम्मान गरेको छ ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) सुनसरीले आयोजना गरेको विभिन्न खेलकुद विधामा आदर्शका विद्यार्थीले उपाधि जितेका थिए । उनीहरुलाई कलेज परिसरमा आयोजित कार्यक्रममा नगदसहित सम्मान गरिएको विज्ञान संयोजक सोभित यादवले जानकारी दिए ।
हिसान स्पोट्स मिटअन्तर्गत छात्रा बास्केटबलको उपाधि धरान आदर्शले जितेको थियो ।
प्लस टु मा अध्ययनरत विद्यार्थीहरु प्रेरणा चौधरी, सुप्रिया गुरुङ, निरुता राई, आशा लामा, साम्राज्ञी कार्की, मल्लिका राई, रोजिना राई र स्नेनेहा राईको टिमले विष्णु मेमोरियल माविको टिमलाई सोझो सेटमा हराएर उपाधिमा कब्जा जमाएको हो ।
पहिलो खेलको म्यान अफ दि म्याच आशा लामा थिए भने फाइनल खेलको मयान अफ दि म्याच सुप्रिया गुरुङ भएका थिए । त्यस्तै, मोष्ट भेलुएवल प्लेयर आदर्शकै मल्लिकाले हात पार्न सफल बनेकी थिइन् । त्यस्तै, पुरुष बास्केटबलतर्फ राइजिङ प्लेयरको उपाधि आदर्शकै सौगात मगरले हात पारेका थिए ।
त्यस्तै, इटहरी रंगशालामा भएको टेबलटेनिसमा एकल पुरुषतर्फ धरान आदर्शकै अनमोल विकले दोस्रो स्थान हात पार्न सफल बनेका थिए भने महिला एकल टेबलटेनिसमा आदर्शकै दिया शाक्यले तृस्रो स्थान जित्न सफल भएकी थिइन् ।

 

प्रकाशित मिति: पुष १८ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend