Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीका धर्म निरौलाको एमालेमा ब्रिदोह

हाम्रो कोशी आवाज
पुष १८ २०७८, आइतबार
सुनसरीका धर्म निरौलाको एमालेमा ब्रिदोह

धरानः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा नेकपा (एमाले) बाट विद्रोह गरी वर्तमान केन्द्रीय कमिटी सदस्यसमेत रहेका सुनसरीका पूर्वसांसद धर्मराज निरौलासहित नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गरेका छन् ।
सुनसरीबाट वर्तमान केन्द्रीय कमिटी सदस्य एक, प्रदेश कमिटी सदस्य नौ, जिल्ला कमिटीका सदस्य ३० सहित विभिन्न तहका ३०० सय जना नेता नेकपा (एमाले) परित्याग गरी नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनीहरूलाई अध्यक्ष माधवकुमार नेपालले आइतबार सुनसरीमा आयोजित कार्यक्रमका बीच पार्टीमा स्वागत गरे ।
सो अवसरमा बोल्दै नेपालले सच्चा कम्युनिष्टहरू नेकपा (एकीकृत समाजवादी) मा आवद्ध हुने लहर चलेको बताउँदै वैकल्पिक शक्तिको रुपमा पार्टी स्थापित हुने बताए ।

प्रकाशित मिति: पुष १८ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend