धरानः धरान–११ स्थित ज्ञानकुञ्ज आवासीय माविले आउँदो वर्षदेखि कक्षा–११ पनि सञ्चालन गर्ने भएको छ ।
नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको स्कुलले आउँदो वर्षदेखि कक्षा–११ मा म्यानेजमेण्ट सङ्कायमा पठनपाठन थाल्ने प्रिन्सिपल अरुण राईले जानकारी दिए । ‘२०७९ सालदेखि हामी कक्षा–११ पनि सञ्चालन गर्ने तयारी गरिरहेका छौं’, उनले भने, ‘भौतिक संरचनाहरु तयार गर्ने काम भइरहेको छ ।’
उनले विद्यालयले गुणस्तरीय शिक्षामा विशेष जोड दिएको बताउँदै कक्षा–११ मा पनि गुणस्तरमा कुनै कञ्जुस्याइँ नगर्ने बताए । २०६० सालमा स्थापना भएको स्कुलमा हाल कक्षा–१० सम्म पठनपाठन भइरहेको उनले जानकारी दिए ।
