Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको पब्लिक स्कुलमा प्राविधिक शिक्षालयको भवन

हाम्रो कोशी आवाज
पुष २० २०७८, मंगलबार
धरानको पब्लिक स्कुलमा प्राविधिक शिक्षालयको भवन

धरानः धरान–१२ स्थित पब्लिक हाइस्कुलमा प्राविधिक शिक्षालयका लागि भवन बनेको छ ।
सो भवनको प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्गलबार उद्घाटन गरेका छन् । पब्लिक माविको खेल मैदानमा मङ्गलबारदेखि शुरु भएको धरान उत्सवको उद्घाटन गर्न आइपुगेका उनले सो भवनको उद्घाटन गरेका हुन् । प्राचार्य इन्द्रमोहन झाका अनुसार सो भवन प्राविधिक विषय पठनपाठनका लागि बनेको हो । कक्षा–९ देखि १२ सम्म इलेक्ट्रिकल इन्जिनियरिङ पठनपाठन हुँदै आएको र सो भवनमा अब पठनपाठन शुरु हुनेछ ।
सप्ताह पुराण, सरकार, आन्तरिक स्रोतबाट सो भवन बनेको उनले जानकारी दिए । यस्तै, मङ्गलबार नै प्रधानमन्त्री देउवाले खेल मैदानसम्म जाने टायल विछ्याएर चिटिक्क बनाइएको सडकको समेत उद्घाटन गरेका छन् । नगरपालिका र विद्यालयको साझेदारीमा त्यहाँ टायल बिछ्याइएको हो ।
यसैबीच प्रधानमन्त्री देउवाले पब्लिकमा बन्दै गरेको ‘हेल्थ पार्क’ को पनि अवलोकन गरेका छन् । विद्यार्थीले त्यहाँ अब व्यायाम गर्न पाउँछन् । टिफिन टाइम, खाली टाइम, छुट्टीमा विद्यार्थीले व्यायाम गर्न पाउने प्रधानाध्यापक झाले जानकारी दिए ।

 

प्रकाशित मिति: पुष २० २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend