Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान उत्सवमा बहुभाषिक कविता गोष्ठी

हाम्रो कोशी आवाज
पुष २१ २०७८, बुधबार
धरान उत्सवमा बहुभाषिक कविता गोष्ठी

धरानः धरान उत्सव अर्थात् धरान डे को अवसरमा धरानमा बहुभाषिक कविता गोष्ठी आयोजना भएको छ ।
धरान प्रज्ञा प्रतिष्ठानले कविता गोष्ठी आयोजना गरेको हो । कार्यक्रममा उत्कृष्ट पाँच कविता घोषणा गरिएको थियो । उत्कृष्ट पाँच कवितालाई ७ हजार पाँच सय रुपैयाँका दरले पुरस्कृत गरिएको प्रतिष्ठानका सदस्य गोपाल देवानले जानकारी दिए ।
प्रमिला मुकारुङको गाउँमा अचेल (वान्तवा भाषा), सेम्माङ याक्खाको समावेशी गीतहरु (याक्खा भाषा), इन्दु योञ्जनको बहुभाषिक सुन्दरता (तामाङ भाषा), प्रदीप मेन्याङ्बोको (माङ्गेना) (लिम्बू भाषा) र भोजराज श्रेष्ठको छेपारे प्रवृत्ति (नेवारी भाषा) का कवितालाई उत्कृष्ट पाँच कविता घोषणा गरिएको थियो ।
धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदी, कार्यक्रमको प्रतिष्ठानका अध्यक्ष अम्विकाकुमार सम्वाहाम्फे, वरिष्ठ साहित्यकार शरणकुमार राई, धरान उपमहानगरपालिकाकी महिला विकास अधिकृत प्रज्ञादेवी निरौला, सहप्रा.डा. रमेश घिमिरे, सहप्रा. हरिप्रसाद दाहाल, डा. महानन्द तिम्सिनालगायत साहित्यकारहरुको उपस्थितिमा कार्यक्रम भएको थियो ।
कार्यक्रमको निर्णायकहरुमा साहित्यकार बम देवान, अग्रज पत्रकार हर्ष सुब्बा, डा. महानन्द तिम्सिना रहेका थिए । कार्यक्रमको स्वागत मन्तव्य प्रतिष्ठानका सदस्य प्रा.डा. गोपाल भण्डारीले गरेका थिए । मातृभाषामा कविता लेखन गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सदस्य देवानले जानकारी दिए । तस्वीरहरुः अंकित ढुंगाना

प्रकाशित मिति: पुष २१ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend