Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका खानेपानीको मुख्य लाइनमा ‘लिकेज’ समस्या

हाम्रो कोशी आवाज
पुष २२ २०७८, बिहिबार
धरानका खानेपानीको मुख्य लाइनमा ‘लिकेज’ समस्या

धरानः धरान खानेपानी व्यवस्थापन बोर्डले चारेकोशे जंगल क्षेत्रबाट ल्याइने खानेपानीको मुख्य टङ्क लाइन (पाइप) मा लिकेज भएपछि त्यसको रोकथाम गर्नका लागि बिहीबारदेखि मर्मत कार्य सुरु गरेको छ ।
बोर्डका अनुसार खानेपानीका टङ्क लाइन पुरानो फुटेको भएको कारणले गर्दा लिकेजको समस्या भएको हो । चारकोशे जंगलको १ नं. वेल हाउसको मुख्य टङ्क लाइनमा स्लुइस भल्भ बिग्रिएर खानेपानी चुहावट भएको कारण टङ्क लाइनमा नयाँ स्लुइस भल्भ राख्नका लागि बिहानैदेखि काम थालिएको बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले जानकारी दिए ।
चारकोशे जंगलबाट ल्याइने मुख्य लाइनको पाँच स्थानमा लिकेज भएको छ भने यता धरान क्षेत्रको बरगाछी चौक र धनकुटे रोडमा लिकेज भएको छ । सो स्थानमा वेल्डिङ गरेर लिकेज बन्द गर्ने कार्य धमाधम सुरु गरिएको पनि पोखरेलले बताए । उनका अनुसार २४ घण्टाभित्र मर्मत कार्य सकिनेछ । फुटेको लाइनमा वेल्डिङ गरिसकेपछि १० देखि २० प्रतिशतसम्म पानीको उत्पादन बढ्ने उनले बताए ।
खानेपानी लिकेज भएको मख्य लाइनको मेयर तिलक राईले स्थलगत रुपमा अनुगमन गरेका छन् । अनुगमनको क्रममा बोर्डका अध्यक्ष समेत रहेका मेयर राईले लिकेज भएको स्थानको चाँडै मर्मत कार्य सक्न निर्देशन दिए ।
यस्तै, ८ नं. वेल हाउसमा जडान गरेको एक महिना नबित्दै मोटर जलेको कारण समस्या भएको बोर्डका इञ्जिनियर प्रशान्त अधिकारीले जानकारी दिए । उनले त्यहाँ नयाँ मोटर जडान गर्नका काम सुरु भएको बताए । उनले जंगल क्षेत्रमा रहेको वेल हाउसमा राखिएको ट्रान्सफर्मरहरु सुरक्षित नभएको बताउँदै अहिले ४ वटा वेल हाउसमा अर्थिङ लगाइसकिएको बताए । बाँकी २ वटा वेल हाउसमा अर्थिङ लगाउने कार्य भइरहेको उनले बताए ।

प्रकाशित मिति: पुष २२ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend