धरानः बिहीबार धरान उत्सवमा रस्सी तान (डोरी तान्ने) प्रतियोगिताको रौनक देखिएको छ ।
पुरुषतर्फ ५ टिम र महिलातर्फ २ टिमले सहभागिता जनाएको प्रतियोगिताको फाइनल खेल अझ रोचक बन्यो । फाइनलमा संघीय इकाई प्रहरी कार्यालय धरान र झुनाज फिटनेशबीचको भिडन्त खेल रोचक बनेको हो । धरान उपमहानगरपालिकाले नै आयोजना गरेको प्रतियोगितामा हेर्ने दर्शकहरुको पनि बाक्लो उपस्थिति रह्यो ।
प्रतियोगितामा महिलातर्फ महिलातर्फ संघीय इकाई प्रहरी कार्यालय धरानले उपाधि जितेको छ भने झुनाज फिटनेश दोस्रो बनेको छ । यस्तै, पुरुषतर्फ झुनाज फिटनेशनले उपाधि जितेको छ भने संघीय इकाई प्रहरी कार्यालय धरान दोस्रो बन्यो ।
कार्यक्रममा उपस्थित मेयर तिलक राई, संघीय इकाई प्रहरी कार्यालय धरानका प्रमुख एसएसपी गोविन्दकुमार शाहले बिजेतालाई भाले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिताका संयोजक विकास चाम्लिङ राईका अनुसार पुरुष बिजेतालाई ४ वटा भाले र महिला बिजेतालाई १ वटा भाले प्रदान गरिएको थियो । यस्तै, महिला बिजेतालाई ३ वट भाले र उपविजेता टिमलाई २ वटा भाले प्रदान गरिएको थियो ।
यस्तै, मेयर राईको तर्फबाट बिजेता र उपविजेतालाई क्रमशः ५ हजार र ३ हजार प्रदान गरेका थिए भने संघीय इकाईका प्रहरी प्रमुख एसपी शाहले प्रतियोगिता जिते खसी खुवाउने प्रतिबद्धताअनुसार आफ्नो टिमलाई हौसलास्वरुप १५ हजार रुपैयाँ प्रदान गरेका थिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज








































