धरानः नेपालकी चर्चित पप गायीका शिवानी मोक्तानले शुक्रबार धरान–१५ स्थित बगरकोट तताउने भएकी छिन् ।
खुकुरी म्युजिक नेसनको सहयोगमा उनलाई एमएच लाउन्ज एण्ड बारले बगरकोटमा ल्याउन लागेको हो । नाइट लाइफको लागि पूर्वकै चर्चितस्थलको रुपमा विकसित बन्दै गइरहेको बगरकोटको पर्यटन प्रर्वद्धन गर्नका लागि राष्ट्रिय कलाकार सिवानी मोक्तानलाई प्रस्तुतिका लागि ल्याइएको बगरकोट व्यवसायी मञ्चका अध्यक्ष एवं एम एच लाउन्जका प्रोपराइटर जीवन मेन्याङ्बोले जानकारी दिए ।
‘बगरकोटमा रमाइलो गर्न आउनेहरुलाई मध्यनजर गरेर हामीले हरेक महिना जस्तो चर्चित कलाकारहरु ल्याउने गरेका छौ’, उनले भने, ‘केही हप्ताअघि पनि एमएचले सविन राई एण्ड द फराओ व्याण्ड ल्याएको थियो ।’ अंग्रेजी नयाँ वर्षको समय प्रायः दिनहुँजसो बगरकोटको वारहरुमा चर्चित कलाकारहरुको प्रस्तुति रहेको उनले वताए ।
सिवानी शुक्रबार आफ्नो अन्तरा व्याण्डसहित प्रस्तुतिका लागि आउन लागेका हुन् । साँझ ७ बजेदेखि सुरु हुने साङ्गीतिक कार्यक्रममा सिवानीले प्रस्तुति दिन अघि उनको अन्तरा व्याण्डले कभर गीतहरु गाउने छिन् ।
साङ्गीतिक माहौलमा रमाउन आउने दर्शकहरुको सुविधाका लागि एमएचले टेबल बुकि¨ खुला गरेको जनाएको छ । हलको क्षमता भन्दा बढी दर्शक हुँदा प्रस्तुतिको मजा लिन नसक्ने हुनाले हल क्षमता भन्दा बढीलाई प्रवेश नदिइने प्रोप्राइटर मेन्याङ्बोले जानकारी दिए । बगरकोटको वारहरुमा स्थानीय व्याण्डहरुको दैनिक लाइभ म्युजिक प्रस्तुति हुने अध्यक्ष मेन्याङ्बो बताउँछन् ।