Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘धरान बजार’ सार्वजनिक (भिडियोसहित)

हाम्रो कोशी आवाज
पुष २३ २०७८, शुक्रबार
‘धरान बजार’ सार्वजनिक (भिडियोसहित)

धरानः गायक सञ्जीव लामाले दुई दशकअघिको आफ्नो लोकप्रिय गीत ‘लौ है माया नमार घुम्दै आउनु धरान बजार’ पुनः रेकर्ड गरी नयाँ भिडियो समेत निर्माण गरी १२१ औं धरान दिवसको अवसर पारी सार्वजनिक गरेका छन् ।
धरानको विभिन्न पर्यटकीयस्थल, ऐतिहासिकस्थलहरु र संस्कृतिलाई समेटी धरान चिनाउने अभिप्रायले निर्माण गरिएको भिडियो धरान दिवसको अन्तिम दिन पब्लिक हाइस्कुलको मैदानमा आयोजित धरान सङ्गीत प्रतिष्ठानको साङ्गीतिक कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले ‘एलइडी स्क्रिन’ को प्ले बटन थिचेर म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
सिल्भर इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘धरान बजार’ गीतमा लामाको गायन तथा रचना रहेको छ भने सङ्गीत पारस मुकारुङको र सङ्गीत संयोजन निरज श्रेष्ठको रहेको छ । म्युजिक भिडियो सम्पादन बुद्ध थापा मगरको रहेको छ ।
हाल युकेमा बसोबास गर्दै आएका गायक लामा आफ्नो ठाउँको बारेमा बनाइएको गीत धरान दिवसको शुभअवसरमा सार्वजनिक गर्न पाउँदा एकदमै खुशी छन् । लामो समय लगाएर बनाइएको भिडियोले केही हदसम्म धरान चिनाउने कुरामा आफू विश्वस्त रहेको गायक लामा बताउँछन् ।

प्रकाशित मिति: पुष २३ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend