धरानः सुनसरीको धरान उपमहानगरपालिका १४ पिण्डेश्वरी चौकको एक घरबाट प्रतिबन्धित औषधिसहित एकजनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षीय पारुहाङ राई रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवले जानकारी दिए । साढे ३ बजे इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट धरानबाट खटिएको प्रहरी टोलीले उनको घरकोठाबाट ट्रामाडोल –५८९० ट्याब्लेट र इस्पास्पेन– ५५९० ट्याब्लेट प्रतिबन्धित औषधी फेला पारेको थियो । पक्राउ परेका राईको थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।