धरानः आदिवासी जनजाति महिला महासंघ धरानको दोस्रो अधिवेशनले अध्यक्षमा लहरुमाया जिमी चयन भएकी छिन् ।
उनी सर्वसम्मतरुपमा चयन भएकी हुन् । सुनसरी उद्योग महासंघको भवनमा सम्पन्न भएको अधिवेशनले अध्यक्ष लहरुमायासहित १० जनालाई सर्वसम्मतरुपमा चयन गरिएको हो । उपाध्यक्षमा जीतमाया मगर, सचिवमा रिता खापुङ, सहसचिव मञ्जु शेर्पा, कोषाध्यक्ष सुमित्रा राई, सदस्यहरुमा कमला पाख्रिन, जगतकुमारी श्रेष्ठ, प्रेमकुमारी सुनुवार, मुना माझी र सोमिता भुजेल चयन भए ।
धरान उपमहानगरमा नेपाल आदिवासी जनजाति महासंघमा १३ जातिय संस्था आबद्ध छन । बाँकी रहेका शिङ्सा, गुरुङ, उराँव, जातीय संस्थालाई बैठकबाट मनोनित गरिने जनाएको छ । दोस्रो अधिवेशनको खुला सत्र आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद् अध्यक्ष संगीता सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
राष्ट्रिय आदिवासी जनजाति महासंघ सुनसरी जिल्ला अध्यक्ष संगीता सुब्बाले आदिवासी महिलाहरु तीन कुराले पछि परेको बताए । ‘एउटा आदिवासी भएकोले, अर्को महिला भएको र तेस्रो राजनीतिक चेत कम भएकोले महिलाहरु पछि छन् ।’ उनले भनिन् । भर्खरै सम्पन्न ती नदिने धरान महोत्सवमा रक्सी पारिएको दृश्य समेत आदिवासी महिलाको आन्दोलनको प्रतीक भएको उनको भनाइ थियो ।
अधिवेशन निवर्तमान अध्यक्ष चन्द्रकला प्रधानको अध्यक्षतामा भएको हो । अधिवेशनमा अदिवासी जनजाति नगर महासंघ अध्यक्ष सुबासचन्द्र हुक्पाचोङवाङ, नगर सल्लाहकारहरु चित्रराज थापामगर, तेञ्जिङ शेर्पा, महिला पुर्व अध्यक्ष तथा संस्थापक धरान मिना पुलामी मगर, रमला तामाङ तथा महासंघका जातिय अध्यक्षहरुको उपस्थित रहेका थिए ।