धरानः धरानमा पनि पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवस धुमधामका साथ मनाइएको छ ।
नागरिक समाज धरानले पृथ्वी जयन्तिमा रयाली, कोणसभा आयोजना गरेको उपसंयोजक हरिकृष्ण श्रेष्ठले जानकारी दिए ।
धरान–८ भोटेपुलबाट रयाली आयोजना गरिएको उनले जानकारी दिए । छाताचोकबाट सिंहदेवी चौक, माछाभौडी हुँदै निस्किएको रयाली भानुचोकमा आएर कोणसभामा परिणत भएको थियो । च्याम्बुङको ताल, लाखे नाच, पञ्चेबाजासहितको रयाली निस्किएको उनले जानकारी दिए । टेम्पो, मोटरसाइकलसहित निस्किएको झाँकीसहितको रयालीअगाडि पृथ्वीनारायण शाहको तस्वीर राखिएको थियो ।
कोणसभामा डा। राजेन्द्र पोखरेल, प्रोफेसर हरिकृष्ण श्रेष्ठलगायतले बोलेका थिए । उपसंयोजक हरिकृष्णले आजको राजनीतिक परिवेशमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दिव्यउपदेश अति सान्दर्भिक रहेको बताए । उनले भने, ‘अहिलेको सन्दर्भमा उहाँको दिव्योपदेश फलदायी छ, यो सबै राजनीतिक दलले फ्लो गर्न जरुरी भइसकेको छ ।’
तस्वीरः एन्जिना राई


