Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा अन्ततः राजेशपायल राई नआउने

हाम्रो कोशी आवाज
पुष २८ २०७८, बुधबार
धरानमा अन्ततः राजेशपायल राई नआउने

धरानः धरानमा चर्चित गायक राजेशपायल राईको कन्सर्ट नहुने भएको छ ।
आयोजक बागिना कला केन्द्रले धरानस्थित पब्लिक हाइस्कुलमा यही माघ १ गते कन्सर्ट आयोजना गरेको थियो । ‘बागिना फेसन शो एण्ड म्युजिकल नाइट २०७८’ नाम दिइएको कार्यक्रममा ‘मेघा स्टार राई इज किङ’ ले परिचित राजेशको कन्सर्टसँगै फेसन शो पनि आयोजना हुने हुने भनिएको थियो ।
‘ओमिक्रोन भेरियन्टका कारण सरकारले सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाउने भनी निर्णय गरेको छ’, आयोजक संस्थाका अध्यक्ष भक्तिराज राईले भने, ‘यसैकारण पनि धेरैजना भेला भएर आयोजना हुने कन्सर्ट स्वतः रोकिएको हो ।’
कोभिड १९ को संक्रमण तीब्र बनेको भन्दै सरकारले अर्को सूचना नभएसम्म सार्वजनिकस्थलहरुमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न र नगराउन भनेको छ । ‘टिकटको केही रकम उठेको छ, नेपाल आइस प्रायोजक रहेको संस्थाले पनि प्रायोजन गर्ने पक्का भइसकेको थियो तर पनि कार्यक्रम हुन सकेन, हामीले पनि अर्को सूचना नहुञ्जेलसम्म कार्यक्रम स्थगित गरेका छौं’, उनले भने, ‘तर पनि कार्यक्रम जसरी पनि गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं, टिकटबाट उठेको रकम र प्रायोजकको सहयोगले अर्को सूचना निकालेर कार्यक्रम आयोजना गरेकै हुन्छौं ।’
चर्चित गायक राईको प्रस्तुतिसँगै गायक राकेश किराती, परेश राई, उल्टो साइकलयात्री चित्रकुमार कार्कीलगायतको प्रस्तुतिसँगै फेसन शो पनि आयोजना गरिएको थियो ।

प्रकाशित मिति: पुष २८ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend