Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

उदयपुरका गोविन्द १७ वर्षपछि साउदीबाट पक्राउ

हाम्रो कोशी आवाज
पुष २९ २०७८, बिहिबार
उदयपुरका गोविन्द १७ वर्षपछि साउदीबाट पक्राउ

धरानः उदयपुरको बेलका नगरपालिका–६ का ४० वर्षीय गोविन्द मगरलाई पक्राउ गरिएको छ ।
साउदी अरेबियाबाट १७ वर्षपछि उनी पक्राउ परेका हुन् । इन्टरपोलबाट रेड नोटिस जारी भएका उनलाई साउदी अरबबाट बुधबार नेपाल ल्याइएको छ ।
मगरले २०६१ मंसिर १३ गते मानबहादुर तामाङलाई हत्या गरेको कसुरमा जिल्ला अदालत उदयपुरले पक्राउ अनुमति दिएको थियो । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको अनुरोधमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामार्फत् इन्टरपोल महासचिवालयबाट अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउका लागि २०७७ माघ २६ गते मगरमाथि रेड नोटिस जारी गरिएको थियो । उनलाई कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरलाई बुझाइएको प्रहरीले जनाएको छ ।

यस्तो थियो घटना
२०६१ मंसिर १३ मा राति दुईजना युवा मानबहादुर तामाङको घरमा गएका थिए । उनीहरुले खुकुरी झिकेर ६३ वर्षका मानबहादुरलाई आक्रमण गरे, अनि लगभग मृत्यु भएको यकिन गरेपछि त्यहाँबाट भागे । राति ८ बजे आक्रमणको शिकार भएका मानबहादुरको धरानस्थित बिपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा मंसिर १७ मा मृत्यु भएको थियो ।
त्यसदिन उनलाई आक्रमण गर्ने मध्येका थिए–गोवन्द मगर र जयवीर राई उर्फ ‘विजय’ । मानबहादुरलाई ढालेपछि ‘परिवार सखाप पार्छौँ’ भनेर खुकुरी नचाउँदै भागेका उनीहरु मध्येका गोविन्द मगरलाई प्रहरीले साउदी अरेबियाबाट पक्राउ गरिएको हो । हत्यामा संलग्न मुख्य योजनाकार जयवीर अझै फरार छन् ।
मानबहादुर तामाङको छोरी र जयवीर प्रेम सम्बन्धमा थिए । २०६१ मंसिर १३ भन्दा केही दिनअघि जयवीरले फकाएर प्रेमिकालाई भगाउने प्रयास गरेको खुल्न आएको प्रहरीले जनाएको छ । सो कुरा थाहा पाएपछि मानबहादुर र उनकी पत्नीले प्रेम टुटाएर छोरीलाई अर्कैसँग विवाह गरिदिने तयारी गरेका थिए । सो रिसमा जयवीर आफ्ना साथी गोविन्द मगरलाई लिएर साँझ ८ बजेतिर प्रेमिकाको घरमा पुगेका थिए अनि जयवीर प्रेमिकाको बुबासँग निहुँ खोज्दै गर्दा गोविन्द मगरले लुकाएर ल्याएको खुकुरी झिकेर मान बहादुरको टाउकोमा हिर्काएका थिए ।

प्रकाशित मिति: पुष २९ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend