धरानः उदयपुरमा भएको दुर्घटनामा एकजना यात्रुको मृत्यु भएको छ ।
मङ्गलबार बिहान गुडिरहेको बसबाट खसेका एक यात्रुको बसको पछाडिको चक्काको टायर किच्दा भोगटेनीका ५० वर्षीय कृष्ण राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदप्रसाद गौतमल जानकारी दिए ।
उनका अनुसार गुडिरहेको बस रोक्ने क्रममा अकस्मात बसबाट झर्दा पछाडिको टायरले किचेका राईको मृत्यु भएको हो । उदयपुरगढी–५ मा सो दुर्घटना भएको हो । प्रहरीका अनुसार वर्रेबाट सदरमुकाम गाईघाटतर्फ आउँदै गरेको ना३ख ७९४४ नम्बरको बसमा उनी तरकारी लिएर आउँदै थिए ।
घटनालगत्तै प्रहरी चौकी उदयपुरगढीबाट खटिएको प्रहरीको टोलीले चालक र बसलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान थालिएको उनले जानकारी दिए ।