Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीको बर्जु महोत्सवमा भोजपुरी कलाकार नआएको भन्दै आगजनी र तोडफोड

हाम्रो कोशी आवाज
माघ ४ २०७८, मंगलबार
सुनसरीको बर्जु महोत्सवमा भोजपुरी कलाकार नआएको भन्दै आगजनी र तोडफोड

सुनसरीः भोजपुरी कलाकार खेशारीलाल यादव नआएको भन्दै स्थानीयले सुनसरीको बर्जु गाउँपालिकामा आयोजित बर्जु महोत्सवमा आगजनी र तोडफोड गरेका छन् ।
भोजपुरी कलाकार खेशारीलाल यादव नआएको भन्दै स्थानीयले सुनसरीको बर्जु गाउँपालिकामा आयोजित महोत्सवमा आगजनी र तोडफोड गरेका हुन् ।
महोत्सव बर्जु गाउँपालिका–६ स्थित चिमडीमा महोत्सव आयोजना भएको थियो । मङ्गलबार महोत्सवको अन्तिम दिन भोजपुरी कलाकार खेशारीलालको पूर्व निर्धारित साङ्गीतिक कार्यक्रम रद्द भएपछि आक्रोशित स्थानीयले कार्यक्रमस्थलमा आगजनी र तोडफोड गरेका हुन् ।
कलाकार यादवलाई हेर्न स्थानीय बिहानैदेखि ३०० र ५०० रुपैयाँका दरले टिकट काटेर बसिरहेका थिए । कलाकार यादवलाई हेर्न टिकट काटेका थिए । कार्यक्रम रद्द भएपछि स्थानीयले भारतीय नम्बर प्लेटका ४ वटा स्कोरपियो र मोटरसाइकलमा आगजनी गरेको प्रहरीले जनाएको छ । यस्तै, उनीहरुले स्टेज र कुर्सीहरु समेत तोडफोड गरेका छन् । स्थानीयको तोडफोडबाट ठूलो क्षति भएको छ ।

कोरोनाको सङ्क्रमण बढ्दै गएको अवस्थालाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले भौतिक जमघट हुने मेला र महोत्सव लगायतका कार्यक्रममा रोक लगाएको थियो । तर, आयोजकले प्रशासनको निर्देशन समेत अवहेलना गर्दै बर्जुमा महोत्सव जारी राखेको थियो ।
महोत्सवमा अत्याधिक भीड देखिएपछि स्थानीय प्रशासनले ती कलाकारलाई महोत्सवमा जान नदिई विराटनगरको होटल एसियाटिकमा रोकेर राखेको थियो । महोत्सव बर्जु गाउँपालिका-६ मा भएको हो । सोही वडाका वडाध्यक्ष विनोदकुमार चौधरीले आक्रोशित स्थानीयले चारवटा स्कारपियो गाडी र केही कुर्सी, मोटरसाइकल स्टेजसमेत तोडफोड गरेको बताए । भीड अनियन्त्रित बनेपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

प्रकाशित मिति: माघ ४ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend