धरानः धरानमा बक्सिङ खेलको तयारी थालिएको छ ।
सुनसरी जिल्ला बक्सिङ संघले धरानमा बक्सिङ खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ‘अल नेपाल मिस्टर फेदरवेट बक्सिङ च्याम्पियन’ साथै वीर गणेशमान सिंह १ नं. प्रदेश नोभिस बक्सिङ च्याम्पिसनसीप २०७८ यही फागुन ५, ६ र ७ गते तीनदिन आयोजना गर्न लागिएको अध्यक्ष विकासकुमार गुभाजुले जानकारी दिए ।
अल नेपाल फेदरवेट बक्सिङ च्याम्पियनसीपमा नेपाल अधिराज्यबाट लगभग २० खेलाडी र २० जना प्रशिक्षकको सहभागिता रहने आयोजकले जनाएको छ । यस्तै, प्रदेश नोभिसमा १४ जिल्लामा १० जिल्लाबाट ६० जना खेलाडी, महिला तथा पुरुष र प्रशिक्षक व्यवस्थापक गरेर ८० जनाको सहभागिता रहनेछ ।

नोभिस महिला तथा पुरुष पदकधारी खेलाडीलाई मेडल, प्रमाणपत्र, महिला तथा पुरुष वेष्ट बक्सले जनही ५ हजार, महिला पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै, अल नेपाल मिस्टर फेदर वेट प्रथमलाई २० हजार, इडल सर्टिफिकेट, द्वितीयलाई १५ हजार र इडल सर्टिफिकेट, तृतीयलाई १० हजार, १० हजार र इडल सर्टिफिकेट प्रदान गरिने जनाइएको छ ।
यस्तै, महिला प्रतियोगीको ५ वटा तौल समूह (४८, ५१, ५४, ५७ र ६० केजी) हुनेछ भने पुरुष प्रतियोगीको ८ वटा तौल समूह (४८, ५१, ५४, ५७, ६०, ६३.५, ६९ र ७५) हुनेछ ।
प्रतियोगिता एआइबीको नियमअनुसार खेलाइने साथै तीन राउ अध्यक्ष गुभाजुले जानकारी दिए । सचिव राजेन्द्र लिम्बूका अनुसार दुवै प्रतियोगिताका खेलाडी साथै प्रशिक्षकहरुलाई खान बस्नको व्यवस्था आयोजकले नै गरेको जानकारी दिए । प्रतियोगिता धरान उपमहानगपालिकाको संयोजन, नेपाल वक्सिङ संघको तात्वधानमा आयोजना हुने जनाइएको छ ।