धरानः धरानस्थित बालिका मोडमा स्कारपियोको ठक्करले दुईजना घाइते भएका छन् ।
कोशी लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको जिल्ला स्वास्थ्य कार्यालय तेह्रथुमको प्र १–०२–००१झ०७६४ नम्बरको स्कारपियोले ठक्कर दिँदा मोटरसाइकलमा सवार धरान–१६ बस्ने वर्ष ४१ को लालबहादुर बस्नेत र वर्ष ३४ को सन्तोष ढकाल घाइते भएका हुन् । लालबहादुरको टाउकोमा सामान्य चोट लागेको छ ।
उनीहरुको धरानस्थित बीपी प्रतिष्ठानमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । स्कारपियो चालक धनकुटा परेवादिन ८ बस्ने वर्ष २७ को दक्षेत्र शेर्पा र मोटरसाइकल चालक धरान–१६ बस्ने वर्ष ३७ को टिकाराम कट्वाल इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटना बुधबार राति साढे ७ बजेको हो ।