Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका जुम्ल्याहा दाजुभाइले जुम्ल्याहा दिदीबहिनीसँग कसे लगनगाँठो

हाम्रो कोशी आवाज
माघ १४ २०७८, शुक्रबार
धरानका जुम्ल्याहा दाजुभाइले जुम्ल्याहा दिदीबहिनीसँग कसे लगनगाँठो

धरानः धरान बस्दै आएका जुम्ल्याहा दाजुभाइले जुम्ल्याहा दिदीबहिनीसँग वैवाहिक बन्धनमा बाँधिएका छन् ।
केही महिनाअघि धरानमा इन्गेजमेण्ट गरेका उनीहरुले माघ १३ गते बिहीबार उनीहरुले लगनगाँठो कसेका हुन् । मोरङको सुन्दरहरैंचास्थित नेताचोक घर भएका उनीहरुले भोजपुरको च्याङ्ग्रेका दुई जुम्ल्याहा दिदीबहिनीसँग विवाह बन्धनमा बाँधिएका हुन् । शुक्रबार उनीहरुले नेताचोकस्थित घरमा पार्टी पनि दिएका छन् ।
राम–लक्ष्मण कार्की दाजुभाइले गंगा–गमुना कोइरालासँग विवाह गरेका हुन् । उनीहरुको विवाहमा चारजना सँगै देख्दा मान्छेहरूले अचम्म मानेका थिए । ‘हामी त झुक्किएनौं तर पनि तपाईको श्रीमती कुन हो भनेर सोध्ने समेत गरेका छन्’, लक्ष्मणले भने ।
‘जुम्ल्याहा विवाह त धेरै सुनिए तर एकैघरमा दिदीबहिनीसित विवाह गरेको कमै सुनिन्छ’, लक्ष्मी सिजापतिले भनिन्, ‘यो एउटा संयोग हो ।’
सानैदेखि जुम्ल्याहा दिदीबहिनीसँगै विवाह गर्ने इच्छा र सपना रहेको बताउने रामले भने, ‘एकजना आफन्तले भोजपुरमा जुम्ल्याहा दिदीबहिनी छन् भनेपछि आफूहरुले सामाजिक सञ्जालमार्फत् चिनजान बढाएर नजिकिएको हौं, त्यसपछि यो कुरा आफन्तमार्फत् विवाहमा परिणत गर्ने निधोमा पुग्यौं । जे होस् सपना पूरा भयो ।’
यस्तै, तीन दाजुभाइको एकैलग्नमा विवाह समेत भएको छ । जर्मन कार्की राम–लक्ष्मणका ठूलो बुबाका छोरा हुन् । जर्मनले गीता खड्कासँग विवाह गरेका हुन् । जर्मन सशस्त्र प्रहरीमा कार्यरत् छन् भने गीता सेनामा कार्यरत् छिन् ।

प्रकाशित मिति: माघ १४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend