धरानः महेन्द्र बहुमुखी क्याम्पसमा बिबिए सेकेण्ड सेमेस्टरका विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् ।
विद्यार्थीहरुले एक महिने ‘सिम्याट मोक टेष्ट’ सञ्चालन गरी परीक्षा शुल्कबापत सङ्कलन भएको पैसा मृगौलापीडित धरान–१५ का ३२ वर्षे युवा ध्रुव राईलाई आर्थिक सहयोग गरेका हुन् ।
मङ्सिर २५ गतेदेखि पुस २३ गतेसम्म हप्ताको प्रत्येक शनिबार टेस्ट परीक्षा लिने र परीक्षा शुल्कस्वरुप एक सय प्रत्येक विद्यार्थीबाट सङ्कलन गरी विद्यार्थीले पढाइसँगै सामाजिक कार्यमा पनि सहभागिता हुनुपर्दछ भन्ने उद्देश्यले दुवै मृगौला फेल भएर उपचाररत् धरान–१५ का ध्रुवलाई १० हजार १ सय ५ पाँच रुपैयाँ आर्थिक सहयोग गरेको नेतृत्वकर्ता सन्देश राईले जानकारी दिए ।
बिबिए सेकेण्ड सेमेस्टारका कक्षा प्रतिनिधि विमल शर्माले यो रकम धेरै नभएपनि विद्मार्थीहरु पढाइसँगै सामाजिक कार्यमा पनि सहभागिता हुनुपर्दछ र आउने ब्याचका विद्यार्थीहरुलाई पनि प्रोत्साहन होस् र थोपा थोपा मिलेर समुन्द्र बने जस्तै पीडितलाई सहयोग होस् भनेर यस्तो कार्यमा सरिक भएको बताइन् । यस्तो कार्यको नेतृत्व सन्देश, विमल, गणेश शाह र मन्दीप पराजुलीले गरेका थिए ।