Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘खुवालुङ’ सम्बन्धी म्युजिक भिडियो छायाङ्कन थालियो

हाम्रो कोशी आवाज
माघ २० २०७८, बिहिबार
‘खुवालुङ’ सम्बन्धी म्युजिक भिडियो छायाङ्कन थालियो

धरानः किरात समुदायको इतिहासकालीन क्षेत्र ‘खुवालुङ’ सम्बन्धी गीतको म्युजिक भिडियो छायाङ्कन थालिएको छ ।
उदयपुर, सुनसरी र भोजपुर संगमस्थलमा केन्द्रित खुवालुङको सेरोफेरोमा रहेर तयार पारिएको गीत किरात राई सांस्कृतिक कलाकार संघको केन्द्रीय टोलीले भिडियो निर्माणका लागि छायाङ्कन थालिएको हो ।
संघका केन्द्रीय अध्यक्ष रामकर राईका अनुसार सोमबारदेखि औपचारिकरुपमा दृष्याङ्कनको काम थालिएको छ । उनका अनुसार गीतको पूरै भिडियो खिच्न अब केहीदिन लाग्छ । वरिष्ठ संगीतकार तथा गायक जीतेन राई, राई नवीन, पार्वती राई, मेनुका राईलगायतले स्वरबद्ध गीत केही समयअघि राजधानीमा रेकर्ड भएको थियो ।
अडियो रेकर्डपछि सबै काम पूरा भएको गीत सुरज मेवाहाङ राईले लेखेका छन् । त्यस्तै, जीतेन राईले संगीत भरेका हुन् । कलाकार संघका उपाध्यक्ष शालिक शातासक राईद्वारा निर्देशित म्युजिक भिडियो दृष्य खिच्दै गर्दा पहिलो दिन किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राई, महासचिव जनक राई, सचिव अर्जुन जम्नेली, केन्द्रीय सदस्य गणेश खालिङ, सुनसरी अध्यक्ष राजेन्द्र राईलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: माघ २० २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend