धरानः धरान उपमहानगरपालिका–१४ बाट लागूऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान–१४ का ३४ वर्षीय रमेश परियार, धरान–१० का ४० वर्षीय राजन शाक्य, हरिनगरा गाउँपालिका–६ का २० वर्षीय खुर्सित अन्सारी र २३ वर्षीय अक्ताक अन्सारी रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले निजहरुको साथबाट १२१ मिलिग्राम ब्राउनसुगर, ४ बोतल डाइलक्स डिसी र नाइट्रोसन २० ट्याब्लेटसहित बरामद गरेको हो । लागूऔषधसहित पक्राउ परेका चारैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।