धरानः धरान-८ गुम्बामार्गस्थित सुम्निमा सेकेण्डरी बोर्डिङ स्कुलमा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको छ ।
सरस्वती पूजाको अवसरमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको प्रिन्सिपल युवा राईले जानकारी दिए । २०७७ सालको वार्षिक परीक्षामा उत्कृष्ट हुने कक्षा–नर्सरी देखि कक्षा–९ सम्मका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको उनले जानकारी दिए ।
प्रिन्सिपल राई, वरिष्ठ शिक्षक देवेन्द्र श्रेष्ठलगायत कक्षागत शिक्षकहरुले पुरस्कार वितरण गरेका थिए । स्कुलले सरस्वती पूजाको अवसरमा भर्ना निःशुल्क गरिएको प्रिन्सिपल राईले जानकारी दिए । स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तवरले पूजा गरिएको प्रिन्सिपल राईले बताए ।
कक्षा नर्सरीका जुविन राई, कक्षा एलकेजीका आयुष विक, युकेजीकी सान्त्वना राई, कक्षा–१ की खुशी तामाङ , कक्षा–२ का ग्रेसी तामाङ कक्षा–३ का इशाक विक, कक्षा–४ का जीना राई, कक्षा–५ का अमन श्रेष्ठ, कक्षा–६ की आस्था राई, कक्षा–७ की सहारा राई, कक्षा–८ की मिङ्सो लिम्बूलगायतलाई खदा, टिका र प्रमाणपत्र प्रदान गरिएको थियो ।