Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बाल एकल नृत्य

हाम्रो कोशी आवाज
माघ २३ २०७८, आइतबार
धरानमा बाल एकल नृत्य

धरानः गरिमा डान्स सेन्टर धरानले आइतबार खुला बाल एकल नृत्य प्रतियोगिता आयोजना गरेको छ ।
सरस्वती पूजाको अवसरमा धरान-९ आचार्य लाइनस्थित डान्स सेन्टरमा सम्पन्न प्रतियोगिताको सिनियर गु्रपतर्फको प्रथम बरदान तामाङ, दोस्रो कृष्टिना राई र तेस्रो गौरव श्रेष्ठ भएका छन् ।
यसैगरी जुनियर गु्रपतर्फका प्रथम प्रिया राई, दोस्रो खिम्दुङमा राई र तेस्रो ओजस्वी निरौला भएका छन् । दुवै गु्रपका प्रथम, दोस्रो र तेस्रोलाई गरिमाका प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बूले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका छन् ।
यसैगरी प्रतियोगिताको १६ जना प्रतियोगीहरु पनि प्रमाणपत्र वितरण गरिएको थियो । सो प्रतियोगिताको निर्णायकमा नृत्य निर्देशक विनोद लिम्बू रहेका थिए ।

प्रकाशित मिति: माघ २३ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend