Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका स्कुल फागुन १ गतेदेखि खुल्ने

हाम्रो कोशी आवाज
माघ २४ २०७८, सोमबार
धरानका स्कुल फागुन १ गतेदेखि खुल्ने

धरानः जिल्ला प्रशासन कार्यालय सुनसरीले शैक्षिक संस्था खोल्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी आगामी फागुन १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।
‘१२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित र १२ वर्ष पूरा नभएका बालबालिकालाई विद्यार्थी संख्याका आधारमा सम्बन्धित स्थानीय तहको समन्वयमा विद्यालय व्यावस्थापनले आलोपालो गरी कक्षा सञ्चालन गर्न सक्ने’ प्रशासन कार्यालयले जारी गरेको आदेशमा भनिएको छ, ‘सबै किसिमका परीक्षाहरु स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी सिट व्यवस्था गरी फागुन १ गतेदेखि सञ्चालन गर्न सकिनेछ ।’
प्रशासनले १८ बुँदे नयाँ आदेश समेत जारी गरेको छ । प्रशासनले भीडभाड हुने आमसभा, जुलुस, मेला, सम्मेलन, जात्रालगायतका भिडभाड हुने कार्यहरुमा लगेको प्रतिबन्धलाई निरन्तरता दिएको छ ।
सपिङ मलहरुमा एक पटकमा ५० जनाभन्दा बढी भीड दिन नहुने, पार्टी प्यालेसमा एक पटकमा क्षमताको ५० प्रतिशत वा बढीमा पूर्ण खोप लगाएका १०० जना नबढ्ने गरी उपस्थित हुन पाउने आदेशमा उल्लेख छ ।

प्रकाशित मिति: माघ २४ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend