Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको विश्वकर्मा मन्दिरछेऊ मर्मत हुँदै गरेको ६ लेन सडकमा दुर्घटना

हाम्रो कोशी आवाज
माघ २५ २०७८, मंगलबार
धरानको विश्वकर्मा मन्दिरछेऊ मर्मत हुँदै गरेको ६ लेन सडकमा दुर्घटना

धरानः धरान-८ विश्वकर्मा मन्दिर (शनि मन्दिर) छेऊको कच्ची सडकमा दुर्घटना बढ्न थालेको छ । यसैबीच सडक मर्मत हुँदै गरेको ६ लेन ग्राभेल सडकमा दुर्घटना भएको छ ।
दुर्घटनामा दुईजना घाइते बनेका छन् । धरानबाट इटहरी जाँदै गरेको को२६प १३०२ नम्बरको मोटरसाइकलले धरान आउँदै गरेको बा९४प ९३१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ९३१९ नम्बरका मोटरसाइकल चालक विराटनगर १३ बस्ने वर्ष ४९ को रामदाल यादव र अर्का चालक सुन्दरहरैंचा ४ बस्ने वर्ष २८ को सन्दीप गुरुङ घाइते बनेको प्रहरीले जनाएको छ ।
उनीहरु धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । दुर्घटना तीब्र गतिका कारण भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: माघ २५ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend