धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजमा अध्ययनरत छात्रा प्रिजा डाँगी यसपटक पनि ‘धरान टपर’ र प्रदेश १ टपर बन्न सफल भएकी छिन् ।
त्रिभुनव विश्वविद्यालयद्वारा सञ्चालित बिएचएमको चौथो सेमेष्टरको नतिजामा उनले धरान र प्रदेश प्रथम नतिजा ल्याएकी हुन् ।
चौथो सेमेष्टरअन्तर्गत फाइनलको नतिजामा प्रिजाले ३.८३ जिपिए प्राप्त गरेकी छिन् । क्याम्पस प्रमुख तुम्बाबोका अनुसार यो नतिजा प्रदेश १ मै उत्कृष्ट हो ।
त्रिभुवन विश्वविद्यालयले कलेजका लागि ३३ जनाको लागि कोटा निर्धारण गरेको छ । ३३ जना विद्यार्थीले नै उत्कृष्ट नतिजा ल्याएको उनले जानकारी दिए । कलेजका अध्यक्ष ज्ञानेश्वर झाले भने, ‘अन्यको पनि नतिजा उत्कृष्ट छ, समग्र विद्यार्थी अनुपातमा धेरै विद्यार्थी पास गराउनेमा युएन कलेज नै परेको छ, भनौं, सबैको नतिजा उत्कृष्ट नै छ ।’
उनले प्लस टु होटल म्यानेजमेण्ट र बिएचएममा पूर्वमै आफ्नो कलेजले ‘लिडिङ’ गरिरहेको दावी गरे । ‘अघिल्लो वष्र्डाको होटल म्यानेजमेण्ट र बिएचएमको नतिजा हेर्दा हामी अगाडि छौं,’ उनले भने, ‘जे होस् प्रदेश १ मै यी सङ्कायमा नतिजा राम्रो हुनु भनेको प्रदेश १ अर्थात् मोफसलमा पनि राम्रो कलेज छ भन्ने सन्देश गएकोमा गर्व लागेको छ ।’
यसअघि तेस्रो सेमेष्टरको नतिजामा पनि प्रिजाले धरान प्रथम तथा प्रदेश १ सेकेण्ड टप गर्न सफल भएकी थिइन् । उनले यसअघि ३.८४ जिपिए ल्याएकी थिइन् । त्यस्तै, प्रथम सेमेष्टरकी जानुका राईले धरान प्रथम तथा प्रदेश तेस्रो बन्न सफल भएकी थिइन् । उनले ३.७३ जिपिए ल्याएकी थिइन् ।
यसअघि कलेजले प्रदेश टप, प्रदेश सेकेण्ट टप, प्रदेश थर्ड टप, धरान टपजस्ता विद्यार्थीलाई नगदसहित सम्मान गर्दै आएको थियो । कलेजले यसअघि नै नेपाल टपलाई नगद ५० हजार पुरस्कार, सम्मानपत्र र प्रदेश टपलाई २५ हजार र सम्मानपत्र, थर्ड टपलाई नगद १५ हजार रुपैयाँले सम्मान र पुरस्कृत गर्दै आएको छ । अघिल्लो वर्ष प्रिजाले नगद २० हजार रुपैयाँ पुरस्कार सम्मानपत्रले अभिभावककै उपस्थितिमा सम्मान पाइसकेकी छिन् ।

यसअघि प्रदेश सेकेण्ड टप बनेपछि अभिभावककै अगाडि नगद पुरस्कारसहित सम्मान थाप्दै प्रिजा ।
विद्यार्थीको चाप
अहिले पनि बिएचएम पढ्न विद्यार्थीको चाप रहेको क्याम्पस प्रमुख तुम्बापो बताउँछन् । उनले बिएचएमका लागि यसपटक १०० जना विद्यार्थीले ‘इन्ट्रान्स’ मा सहभागिता जनाएको बताए । ‘खासमा त्रिविले ३३ जनाको कोटा मात्रै निर्धारण गरेको छ तर युएन कलेजमा विद्यार्थीको अहिले पनि चाप छ, यस वर्ष १०० जनाले बिएचएम पढ्न फर्म भराएका छन्’, उनले भने, ‘स्थापनाकालदेखि नै भर्ना खुलेको दुईदिनमै सिट प्याक हुने गरेको छ, यसले के जनाउँछ भने मोफसलमा पनि बिएचएमको राम्रो कलेज छ ।’
उनका अनुसार युएन कलेजको चर्चा काठमाडौंसम्मै चर्चा हुने गरेको समेत बताए । ‘काठमाडौंमा बिएचएम पढाइ हुने कलेजपछाडि युएन कलेज नै आउँछ भनेर काठमाडौंमा समेत चर्चा हुने गरेको छ, कारण हो–मोफसलकै कलेजमा पनि बिएचएममा विद्यार्थीको चाप देखिनु ।’ उनले प्रदेश १ भरी होटल म्यानेजमेण्ट पढाइ हुन थालेपछि बिएचएममा विद्यार्थीको भीड रहेको बताए ।
युएन कलेज प्रदेश १ कै उत्कृष्ट कलेजका रुपमा स्थापित कलेज हो । ‘शिक्षा नै परिवर्तनको मूल संवाहक हो’ भन्ने ध्येयले स्थापना भएकोले छोटो समयमै पूर्वाञ्चलकै नमूना कलेजका रुपमा स्थापित भएको क्याम्पस प्रमुख तुम्बापोको दावी छ । कलेजमा प्लस टु लेवलदेखि ब्याचलर्स लेवलसम्म अध्ययन अध्यापन हुने गरेको छ । प्लस टु तर्फ म्यानेजमेण्ट, होटल म्यानेजमेण्ट, विज्ञान, ब्याचलर्सतर्फ चार वर्षे बिबिएस, आठौं सेमेष्टरको बिएचएम पठनपाठन हुने गरेको छ । जुन कलेजले बिएचएम अर्थात् ब्याचलर अफ होटल म्यानेजमेण्ट पढ्न काठमाडौं धाउन बाध्य हुनुपर्ने बाध्यतालाई रोकेको छ । जसले बिएचएम अर्थात् ब्याचलर अफ होटल म्यानेजमेण्ट पढ्न अब काठमाण्डौं धाउन बाध्य हुनुपर्ने छैन ।